यी हुन नागढुंगामा स्वास्थ्यकर्मीको झोला खोतल्दै हप्की दप्की गर्ने उत्तम कार्की

बाग्मती प्रदेशको जनस्वास्थ्य प्रयोगशालाका प्रमुख डा नारायण कार्कीसहित स्वास्थ्यकर्मीलाई सडकमा हप्की दप्की गर्ने व्यक्ति उत्तम कार्की भएको खुलेको छ । आफूलाई सामाजिक अभियन्ता बताउने कार्कीले शुक्रबार हेटौंडाबाट काठमाडौंमा स्वास्थ्य सामग्री लिन आएका उनलाई नाकामै केरकार मात्र गरिएन उनको गाडी रोकेर ब्याग खानतलासी गर्ने काम समेत गरिएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । आफ्नो ज्यान जोखिममा राखेर कोरोनाबिरुद्ध फ्रन्ट लाइनमा रहेर क्रियाशील चिकित्सकको फेसबुक लाइभ गरी अपमानजनक ढंगबाट उत्तम कार्कीहरुको समूह प्रस्तुत भएको भिडियोमा देख्न सकिन्छ ।

उनले. सामाजिक सञ्जाल फेसबुकको इन्ट्रोमा आफू भष्टाचार पनि नगर्ने र गर्नेलाई पानी मुनि गए पनि छोड्दिन भनेर परिचय राखेका छन् ।यसरी कोरानाको कहरसँग अग्रपत्तिंमा रहेर लडिरहेका चिकित्सकहरुमाथि मोवाइल तेर्साएर अनावश्यक सोधपुछ र हप्कीदप्की गर्ने छुट उनलाई कसले दियो ? त्यो पनि प्रहरीहरुकै आँखा अगाडि ? यसरी राज्यको कानुनभन्दा पनि माथि हुन त उत्तम कार्की ? अहिले प्रश्न उठ्न थालेको छ ।नेपाल प्रहरी, सशस्त्र प्रहरीकै सामु नागढुंगामा एक हुल ब्यक्तिले कानुन हातमा लिएर स्वास्थ्यकर्मीमाथि अनावश्यक केरकार गरे को भिडियोमा देख्न सकिन्छ । ।

सामाजिक सञ्जालमा भाइरल भएको सो भिडियोमा स्वास्थ्यकर्मीलाई हप्कीदप्की गर्ने व्यक्ति आफूलाई सामाजिक अभियान्ता बताउने गरेका छन् । कथित स्वयंसेवी बताउने उत्तम कार्कीको नेतृत्वमा हुल्याहा जमातले कानुन हातमा लिंदा पनि प्रहरीले उनीहरुलाई उन्मुक्ति दिइरहेको छ । नागढुंगामा प्रहरीले गाडी रोक्यो, तर गाडी चेकिङ गर्न प्रहरी आएन । हुल बाँधेर उभिएका तिनै कथित स्वयंसेवी युवा गाडीनजिक आए । हुलमध्येबाट कसैले हप्कीदप्की गर्दै गाडीको पास देखाउन भने । कार्कीले पास देखाए । तर उल्टै त्यही पासको फोटो खिच्दै उनको फेसबुक लाइभमार्फत् अपमान गर्ने काम गरेर डा कार्कीलाई फर्काए ।
यसरी कोरानासँग अग्रमोर्चामा रहेर लडिरहेका स्वास्थ्यकर्मीलाई हप्कीदप्की र अनावश्यक केरकार गर्ने यस्ता हुल्याहा जमातलाई कारवाही हुनुपर्ने कि नपर्ने ? प्रश्न उठ्न थालेको छ ।

2 COMMENTS

  1. If there is law & order in our country, then such person should he punished immediately, which helps the front fighter of Covid – 19. Otherwise the healthworkers should stop doing their job & start to protect themselves from such local dons.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here