चीनको इसारामा नेपालले लिपुलेकको कुरा उठायो: भारतीय सेना प्रमुख

नेपालले भारतले बनाएको सडकको विरोध जनाइरहेको छ। भारतले लिपुलेक हुँदै कैलाश मानसरोवर जोड्ने गरी बनाएको बाटोमा कुनै विवाद नभएको भन्दै भारतीय सेना प्रमुख मनोज मुकन्द नरवानेले नेपालले अर्कैको इसारामा लिपुलेकको विषयमा कुरा उठाएको आरोपलगाएका छन्।
शुक्रवार भारतीय सेना प्रमुखले कुनै पनि देशको नाम नलिइकन अर्कैको इसारामा नेपालले यस विषयमा मुद्दा उचालेको आरोप लगाएका हुन्। उनले नाम नलिए पनि उनको संकेत चीनप्रति थियो।
नेपाली भूमि लिपुलेकमा भारतले सडक उद्घाटन गरेसँगै नेपाल सरकारले कुटनीतिक नोट बुझाउँदै विरोध गरेको छ।‘नेपाली राजदूतले भने, काली नदीको पूर्वको भूभाग नेपालको भनेका छन्। यसमा कुनै द्विद्वा रहेन्। सडक काली नदीको पश्चिममा बनेको छ। त्यसैले पनि मलाई थाहा छैन कि उनीहरुले के कुरामा विरोध जनाइरहेका छन्,’ भारतीय थिंक ट्यांकले आयोजना गरेको वेविनारमा उनले भने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here