प्रधानमन्त्री केपी ओलीको फोटो बिगारेर सामाजिक सञ्जालमा सार्वजनिक गर्ने एक जना युवक पक्राउ परेका छन् ।
नेपाल प्रहरीको साइबर ब्युरोले प्रधानमन्त्रीको फोटो बिगारेर फेसबुकमा हाल्ने सिन्धुली तीनपाटन गाउँपालिका–१ बेलघारीका २२ वर्षीय मधु पौडेल भन्ने तोरणराज पौडेललाई पक्राउ गरेको हो।
ब्यूरोका प्रवक्ता नविन्द अर्यालका अनुसार उनीहरुलाई पक्राउ गरी जिल्ला अदालत काठमाडौं पेश गर्दा अनुसन्धानका लागि ५ दिने म्याद थप भएको जानकारी दिएका छन् ।