पूर्वराजाले पाए सवारी पास, झापाबाट काठमाडौ फर्किदै

लकडाउनका कारण झापामा रोकिएका पूर्वराजा ज्ञानेन्द्र शाहले सवारी पास पाएका छन । पूर्वराजालाई गृहमन्त्रालयले पास नदिएपछि सामाजिक सञ्जालमा चौतर्फी विरोध भएको थियो । बिहीबार पूर्वराजाका नाममा सवारी पास जारी गरिएको थियो । तर जारी भएको केही घण्टामै गृहमन्त्रालयको निर्देशनमा झापाका प्रमुख जिल्ला अधिकारीले पास रद्ध गरेका थिए । चौतर्फी विरोधपछि पूर्वराजालाई विहीबार राति पास उपलब्ध गराइएको गृहमन्त्रालयले जनाएको छ ।

सरकारी पास पाएपछि पूर्वराजा ज्ञानेन्द्र र पत्नी कोमल शाह शुक्रवार काठमाडौं फर्किदै छन् । पूर्वराजा ज्ञानेन्द्र शाह र पत्नी कोमल शाहलाई राजधानी काठमाडौं फर्कदै छन् ।
पूर्वराजदम्पत्ती आफ्ना सहायक र सुरक्षा टोलीसहित शुक्रबार बिहान साढे आठ बजे दमकस्थित हिमालयन टी गार्डेनबाट काठमाडौँतर्फ लागेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here