३६ बर्ष निजामती सेवा गरी सेवानिवृत्त भए सचिव सुवेदी

निजामती सेवामा ३६ बर्ष व्यतित गरेर सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव दीपक सुवेदी सेवानिवृत्त भएका छन । ०४१ मा नेपाल सरकारको निजामती सेवा शुरु गरेका सुवेदी सचिव पदबाट हिजो अवकाश पाएका हुन् । ३६ बर्षेको निजामती सेवामा विभिन्न मन्त्रालयको सचिव, विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारी, लोकसेवा आयोगलगायतमा काम गरे । पछिल्लो समय सञ्चार मन्त्रालयको सचिवका रुपमा गत वर्ष मङ्सिरमा उनले जिम्मेवारी सम्हालेका थिए । मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले सचिव सुवेदीलाई मायाको चिनो प्रदान गर्दै सुवेदीको विदाइ गरेका हुन । अर्थमन्त्री खतिवडाले सुवेदी इमान्दार कर्मचारीका रुपमा आफूलाई प्रमाणित गरेको बताए । निजामती सेवामा काम गर्दा विभिन्न उतारचढाव आइरहने चर्चा गर्दै मन्त्री खतिवडाले त्यसलाई सफलतापूवर्क पार गर्दै अवकाश प्राप्त गर्नुभएकामा सचिव सुवेदीलाई बधाई दिए । ‘समय थोरै थियो, धेरै काम सम्पन्न गर्ने इच्छा हुँदाहुँदै पनि अहिलेको बाधा अड्चनका कारण सकिएन’, विदाई कार्यक्रममा सुवेदीले भने ।

LEAVE A REPLY