” सरकारी कर्मचारीको तलब बढाउनुहोस,तब मात्र देश बन्छ”

कुनै समय सरकारी जागिर छाडेर बैंकर बनेका बैंकर्स हुन भुवन कुमार दाहाल । उनी आज मासिक रुपमा साढे सत्र लाख हाराहारी तलब बुझ्दछन् । उनी अहिले बैंकर्स संघका अध्यक्ष तथा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) को रुपमा कार्यरत छन् ।
उनै दाहालले सरकारी कर्मचारीहरुको तलब बढाए मात्र देश बन्ने बताएका छन् । संसदको अर्थ समितिमा उपस्थित रहेका सिइओ दाहालले कर्मचारीको मनोबल बढाएर सँस्था बलियो बनाउन धेरै तलब आवश्यक रहेको जवाफ फर्काएका हुन् ।
उनले आफू आवद्ध रहेको सानिमा बैंक कुनै समय २७/ २८ नम्बरमा रहेको र कर्मचारीहरुको तलब बृद्धि गरेर मनोबल उच्च बनाएकै कारण आज टप टेन भित्र पर्न सफल रहेको पनि समितिमा सुनाए ।
उनले कर्मचारीको तलब नबढ्दासम्म नेपालको विकास नहुने कुरा राख्दै दक्षिण एसियाका देशहरुको तुलनामा नेपाली बैंकका प्रमुख कार्यकारीको तलव अझैं कम भएको सुनाए । संसदको अर्थसमितिका सभापति कृष्ण दाहालले बैंकका प्रमुख कार्यकारी अधिकृतको तलबबारे प्रश्न उठाए पछि उनले त्यसको जवाफ दिएका हुन् । यस्तै उनले बैंकरले दैनिक १२ घण्टा काम गर्ने गरेकै कारण राम्रो नतिजा आएको सुनाउदै नेपालका कर्मचारीको पनि तलब बढाएर उनीहरुलाई पुरस्कार र दण्डको व्यवस्था गर्नलाई सुझाब दिए । नीति बनाएर मात्र बिकास नहुने भन्दै दाहालले मनोबल बढाउँन तलब बढाउनुपर्ने र उनीहरुलाई पुरस्कार र दण्डको व्यवस्था गर्नुपर्ने बताए । तलब बढाउनुपर्ने बिषयमा बोल्दै गर्दा दाहालले आफु पनि तलब कम भएकै कारण सरकारी जागिर छाडेर बैंकर बनेको स्मरण गरे। उनले सांसदहरुलाई कर्मचारीको पनि तलब बढाउँन सुझाब दिएका थिए । दाहालको एक दिनमै झण्डै ५७ हजार तलब बझ्दै आएका छन् ।


बैंकले सार्वजानिक गरेको १५ औं बार्षिक प्रतिवेदन हेर्दा उनले तलब भत्ता वापत बार्षिक २ करोड ८ लाख ३९ हजार रुपैयाँ भुक्तानी गरेको छ । उक्त रकमलाई मासिक रुपमा हिसाव गर्दा १७ लाख ३६ हजार ५ सय ८३ र दैनिक रुपमा हेर्दा ५७ हजार ९३ रुपैयाँ हुन आउँछ । आयबापत गत वर्ष राज्यलाई ३६ प्रतिशत कर तिरेका सीइओ दाहालले सरकारलाई गतवर्ष ७० लाख रुपैयाँ कर तिरेका छन

LEAVE A REPLY