बैंक तथा बीत्त कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर खोसिदैं

कोरानाको कारण बैंकिङ क्षेत्रमा कार्यरत १० औं हजारको रोजीरोटी खोसिने भएको छ । बैंक तथा बीत्त संस्थाहरुको नाफा प्रभावित भएको भन्दै अधिकांश बैंक तथा बीत्त कम्पनीहरुले आफ्नो संस्थामा कार्यरत कर्मचारीहरु कटौती गर्ने तयारी गरिरहेका छन् ।
बैंक तथा बीत्त कम्पनीहरुले कम सेवा र सुविधा दिएर काम गराउँदै आएका करार र आउट सोर्सिङमा राखिएका हजारौं कर्मचारीहरुको जागिर गुम्ने देखिएको छ । आर्थिक गतिविधि ठप्प भएको, बैंकको नाफा खुम्चिएको लगायतका कारण बैंकहरुले करार र आउट सोर्सिङमा भर्ती गरिएका कर्मचारीहरुको सम्झौता नविकरण नगर्ने तयारी बैंकहरुले गरिरहेका छन् । अधिकांश बैंक तथा बीत्त कम्पनीहरुले स्थायी कर्मचारीहरुलाई भन्दा निकै कम तलब र सेवा सुविधा दिएर करार र आटसोर्सिङमा कर्मचारी राख्दै आएका छन् । यस्ता सम्झौताको अवधि बढीमा ६ महिनासम्मको हुने गरेकोमा अब करार सम्झौता नविकरण नगर्ने तयारीमा छन बैकहरु । नेपालमा १ सय ६० भन्दा बढी बैंक तथा बीत्त कम्पनीहरु छन् । ती बैंक तथा बीत्त कम्पनीमा हजारौंको संख्यामा करार र आटसोर्सिङमा गरी दशौं हजार कर्मचारीहरु कार्यरत छन् । बैंक तथा बीत्त कम्पनीले यसरी स्म्झौता नविकरण नगरे ती कर्मचारीहरुको रोजगारी खोसिनेछ ।

LEAVE A REPLY