युवा गजलकार वसन्त वली वसन्तीको दमदार गजल

अलि बढी कडा छ ,थोरै-थोरै नरम छ
जस्तो भएपनि म माथि,पीडाकै हैकम छ

म तिम्रो दिलमा उडान भर्न चाहन्छु
भनिदेऊ अहिले त्यहाँ कस्तो मौसम छ ?

फिजार्दा लामा छोटा छ्न् हातका औंलाहरु
मुठ्ठी पार्दा भने बराबर हुने नियम छ

रहरको तिर्खा मेट्न म राजधानी आएँ
थाहा छ खाल्डोमा अबसरको पानी जम्छ

हात्ती ,बाघ, गैंडाहरु एकछिन् बस्न मान्दैनन्
सायद मेरो पर्सको निकुञ्ज दुर्गम छ
                                     -वसन्त ओली वसन्ती, दाङ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here