विष्णु प्रसाद न्यौपानेको गजल

विष्णु प्रसाद न्यौपाने

छैन चौरासी व्यञ्जन आज घरको भुटेर खान्छु मकै
सकिई सामल खानपिनको चुलो ननिभोस् कतै

गाउँ त साट्छ दुख पसिना पैछचो र पर्म पनि
यो शहर ठुलो भई चित्त सानो चुलो ननिभोस् कतै

म खान्छु खुवाउँछु अरुकन लिन्छु सन्तुष्टी भनि
सोचौँ यस्तो परिस्थिति फरक भो, चुलो ननिभोस् कतै

बाँडेर खाने छन् मुलुकमा मागेर खाने कति
आज ल्याई आजै खाने मजदुरका चुलो ननिभोस् कतै

नफालौँ खेर खाना प्राण कसैको लुकेको छ त्यहाँ
बन्छ मुठि मुठिले मुरी अभावमा चुलो ननिभोस् कतै

काटेर गाँस आफ्नो दिने मन पनि छन् यहाँ
नहोस् आहत , राहत गरिबका चुलो ननिभोस् कतै

दानवीर छन् कर्ण समान यै मुलुकमा वेचेर धनसम्पत्ति
खुवाउँछन् भोकाकन विपतमा चुलो ननिभोस् कतै।

LEAVE A REPLY