मन्त्री बनेर देश लुट्नलाई सजिलो भो उहाँलाई

कुलमान योन्जन तामाङ

मन्त्री बनेर देश लुट्नलाई सजिलो भो उहाँलाई
लकडाउनले कालोबजारी गर्नलाई सजिलो भो उहाँलाई ।
सामाजिक अभियान्ताको नाममा ,नेता बन्न सजिलो भो उहाँलाई
प्रहरीको बर्दि लगाएर गुण्डागर्दी गर्न सजिलो भो उहाँलाई ।
चिल्ला-चिल्ला भाषण गर्दै जनतालाई लठ्ठ बनाउन सजिलो भो उहाँलाई
हावाबाट बिजुली निकालेर चमत्कार गर्छु भनेर, भोट बटुल्न सजिलो भो उहाँलाई ।
भ्रष्टाचारिलाई कार्वाही गर्छु भन्दै घुस लिनलाई सजिलो भो उहाँलाई
कोरोनाको औषधि किन्छु भन्दै कमिसन खानलाई सजिलो भो उहाँलाई ।
प्रेस कार्ड लिएर झुटो समाचार लेख्नलाई सजिलो भो उहाँलाई
अफवाह फैलाएर आफ्नो च्यानलको टिआरपी बढाउनलाई सजिलो भो उहाँलाई ।
स्वतन्त्रताको नाममा छाडा गर्न सजिलो भो उहाँलाई
धर्मनिरपेक्षताको नाममा धर्म बेच्नलाई सजिलो भो उहाँलाई ।
न्यायलयमा बसेर न्याय दिन्छु भन्दै न्याय बेच्नलाई सजिलो भो उहाँलाई
मन्त्री बनेर देश लुट्नलाई सजिलो भो उहाँलाई ।

LEAVE A REPLY