लकडाउनको समयमा गाँजा तस्करी गर्ने सर्लाहीका २ जना पक्राउ

लकडाउनका बेला अवैध लागू औषध गाँजा तस्करी गर्ने २ जनालाई सर्लाहीको लालवन्दी नगरपालिका १५ बाट पक्राउ गरीएको छ ।
अवैध लागूऔषध गाँजा करिब ५ किलो सहित २ जनालाई बिहीबार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । पक्राउ पर्नेहरुमा लालवन्दी नगरपालिका ८ बस्ने २६ वर्षीय मोहन घिसिङ र ईश्वरपुर नगरपालिका १२ घारीबथान बस्ने ४६ वर्षीय फगुनी यादव रहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY