एक चरणको परीक्षा भई सकेको पदपूर्ति रद्द हुँदैन :- अध्यक्ष मैनाली

 

मन्त्रिपरिषद्को यही वैशाख १४ गतेको बैठकले सकारी कर्मचारी भर्नासम्बन्धी दुईवटा निर्णय गरेको थियो । एउटा संघ प्रदेश र स्थानीय तहको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओ एन्ड एम सर्भे) अत्यावश्यकबाहेक अन्यको हकमा अर्को व्यवस्था नभएसम्म हाललाई स्थगित गर्ने । यस्तै रिक्त दरबन्दी पदपूर्ति गर्न लोक सेवा आयोगबाट भएको विज्ञापनअनुसार परीक्षा सञ्चालन हुन बाँकी रहेका र पदपूर्तिका लागि विज्ञापन आह्वान गर्न बाँकी रहेका सम्पूर्ण पदपूर्तिसम्बन्धी कार्य अर्को व्यवस्था नभएसम्म हाललाई स्थगित गर्न लोकसेवा आयोगलाई अनुरोध गर्ने ।


सरकारको यो निर्णयसँगै लोकसेवा तयारी गरेर बसेका दशौं हजार युवाहरु निराश भएका छन् । आयोगले निजामती, सुरक्षा निकाय र सङ्गठनात्मक संस्थाहरूका गरी हाल करिब १० हजार नयाँ कर्मचारीको भर्ना प्रक्रिया अगाडि बढाउँदै थियो । तर उनीहरूको भर्ना प्रक्रिया हाललाई स्थगित गरिएको छ । योसँगै निजामती लगायत विभिन्न सरकारी सेवाका लागि परीक्षाको तयारी गरिरहेका हजारौँ मानिसहरूमा अन्योल सिर्जना भएको छ । अहिले लोकसेवा तयारी गरिरहेका हजरौं युवाहरुमा एउटा खुल्दिुली छ विज्ञापन भइसकेका र आवेदन लिइसकेका सरकारी सेवाको परीक्षा भविष्यमा के होला ?
लोक सेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीका अनुसार कर्मचारी भर्ना बन्द भएको होइन, केही समय ढिलो मात्र भएको हो । कोरोनाभाइरस महामारीका कारण उत्पन्न सङ्कटले गर्दा अर्को निर्णय नहुँदासम्मका लागि स्थगित मात्र गरिएको हो। सरकारले गरेका दुबै निर्णय ( ओएण्ड एम सर्भ र लोकसेवासम्बन्धी)मा कतै पनि रद्द वा बन्द’ भनिएको छैन् । त्यही कारण विज्ञापन,परीक्षा वा भर्ना केही समयका लागि मात्र रोकिएको आयोगका अध्यक्ष उमेशप्रसाद मैनाली बताउँछन् ।
“कतिपयले अहिले कर्मचारीहरूको भर्नै बन्द पो हुन लाग्यो कि भन्ने प्रश्न उठाएको पनि देखियो। त्यस्तो होइन केही समयका लागि स्थगित मात्र गरिएको हो, रद्द होइन।’कोरोनाभाइरस महामारी कम भएर लकडाउन खुल्ने बित्तिकै प्रक्रियामा रहेका परीक्षाहरू सञ्चालन पुन सञ्चालन हुनेछन् ।
एक चरण परीक्षा लिइसकेको हकमा के हुन्छ त ?
मैनाली भन्छन्, कानुनले नै एक चरणको परीक्षा दिइसकेकाको परीक्षा रद्द गर्न मिल्दैन । एक चरणको परीक्षामा हामी प्रवेश गरिसकेक छौँ। परीक्षा स्थगित गर्ने बेग्लै कुरा हो केही समयका लागि गरिएको हो। त्यो रद्द हुँदैन। हामीले त्यो परीक्षा लिनैपर्ने हुन्छ, चाहे त्यो शारीरिक तन्दुरुस्ती परीक्षा होस् चाहे त्यो प्ररम्भिक परीक्षा नै किन नहोस । आयोगले निजामतीतर्फ शाखा अधिकृत र नायब सुब्बाको प्रथम चरणको परीक्षा लिइसकेको छ । अब कोरानाको माहामारी र लकडाउन खुल्ने वित्तिकै उनीहरूको थप परीक्षा हुनेछ । अन्तर्वार्ता रद्द गर्न मिल्दैन । हुँदैन ।
हाल विज्ञापन गरिएका तर कुनै पनि परीक्षा नभएकाका हकमा भने सरकारले ती कर्मचारी आवश्यक नपर्ने भएको भन्दै माग फिर्ता गरे विज्ञापन रद्द पनि हुनसक्छ ।
लोकसेवा ऐनमा नै माग गर्नेले विशेष कारणले माग फिर्ता गरेमा परीक्षा वा विज्ञापन रद्द गर्नसक्ने प्रावधान छ । यदी कुनै कारणवश विज्ञापन रद्ध भएको खण्डमा आवेदन शुल्क फिर्ता हुनेछ ।

LEAVE A REPLY