पूँजीबजारले बदलेको राधाको पहिचान

२७ बर्ष अघि महोत्तरीमा जन्मिएकी हुन् राधा पोखरेल । भवनाथ र हेमादेबीको कोखबाट ५ औं सन्तानको रुपमा । बुवा आमा नै कृषी पेशामा आवद्ध ।
उनको बाल्यकाल अत्यन्तै कष्टकर ढंगबाट बित्यो ।संयुक्त परिवार । हजुरआमाको लाडप्यारमा हुर्किएकी । तर उनी तीन कक्षामा अध्ययरत रहँदै गर्दा संसारकै सबैभन्दा बढी माया गर्ने हजुरआमा गुमाइन् । हजुरआमाले धर्ती छाडेको केही समयपछि उनी सिकिस्त विरामी भइन् । गाउँ ठाउँका मान्छे । नजिकै अस्पताल थिएन । त्यो समय धामी झाक्रीकै भर पर्दथें । जान्ने सुन्ने र अगुवाहरुले भने राधाको सातो हजुरआमाले लगिन् । झारफुक गरेर केही समय ठीक त भयो । फेरि बल्झियो व्यथा पाँच बर्षपछि । चिकित्सक कहाँ पुगेपछि थाहा भयो उनको दुबै मुटुको भल्वहरु बिग्रिएको रहेछ । ११ वर्षकै उमेरमा अप्रेसन गरियो । बाल्यकाल अर्थात खेल्ने र रमाउने उमेर रोगसँग लडेरै बित्यो ।
डाँडाँटोल बिजलपुरा मा.वि.बाट एस.एल.सी पार गरेर बाग्मती बोर्डिङ स्कुलबाट १२ कक्षा पास भइन । कलिलै उमेरमा सहकारीको डाइरेक्टरको रुपमा सहकारी संस्था हाक्न थालिन् । जस्तो सुकै व्यधा आइपरे पनि समस्याका पहाड अघि उभिए पनि रोकिएन राधाको अध्ययनको गति । अंग्रेजी र सोसल सर्भिसमा मास्टर डिग्री पूरा गरिन राजधानीको पद्यमकन्या कलेजबाट ।
राधाको बाल्यकाल जीवनसँग संर्घषमा बित्यो अर्थात रोगसँग लड्दैमा । जवानी भविष्यसंग लड्दैमा बितिरहेका छन् ।
अभाव र तनावकाबीच गुज्रिए उनको विद्यार्थी काल । दौतरीहरु राम्रो लगाउँथे,मीठा खाजा खान्थें । तर उनीसँग भनेको समयमा गोजीमा पैसा हुँदैनथ्यो । अभिभावकका पीडा र समस्या नजिकैबाट बुझ्थिन उनी । बुझ्क्की छोरी थिईन् । त्यही कारण पैसा माग्न पनि सक्दिन थिईन अभिभावकहरुसँग । त्यही दुख र पीडाले पल पल चिर्थोथ्यो उनलाई । के गर्ने ? कसो गर्यो भने मेरो परिवारको स्थिती यूटर्न हुन्छ ? उनको दिमाग रन्थनिरहन्थ्यो । तर दिमाग शून्य थियो ।
देख्थिन आफ्ना सहपाठी सहकर्मीहरु लाखौं लगानी गरेर विदेशतिर भासिरहेका । तर उनको मनमा कहिल्यै विदेश भासिने रहर पलाएन् । जेजति लगानी छ स्वदेशमै श्रम,पसिना बेच्छु भन्ने सोचबाट उनी चलिरहिन् ।
यस्तैमा केही अग्रजहरुले सल्लाह दिए पूँजीबजारमा लगानी गर । तर पूँजीबजारमा लगानी गर्न उनीसँग पैसा कहाँ थियो र ?
दशैं,तिहार चाडपर्वमा दक्षिणा वापत आएका केही रकम,जागिरबाट बचाइएको केही रकम भेला पारेकी थिईन सोही रकम पूँजी बजारमा लगानी गर्न थालिन ।
अनि फेरियो उनको जीवनको नक्सा । राधाको भाग्य भनौ वा सही परामर्श । उनले जुन जुन संस्थाको शेयर खरिद गरेकी थिईन । लगानी गरेको रकम दोब्बरदेखि चौबर भएर रिर्टन आउन थाल्यो ।
यही देखेपछि पूँजीबजारले यसरी मोहनी लगायो कि उनी सहकारीको जागिर बिसाएर यतै होमिइन् पूर्णकालिन ।
तर, शेयर बजार उनका लागि बिल्कुल नोलौ बिषय । पढेर यो क्षेत्रमा आएको पनि थिइनन् उनी । यसको चार्म देखेर आफ्ना पाइला मोडेकी थिईन राधाले । अग्रजहरुको सल्लाहमा सिक्दै गईन । कस्त बीत्तिय संस्थामा लगानी गरेको खण्डमा राम्रो प्रतिफल आउँछ सिक्दै बुझ्दै गईन ।
२०६९ साल अर्थात २१ बर्षको उमेरमै उनी पूँजीबजारमा होमिसकेकी थिईन् पूर्णरुपमा । प्रतिफल राम्रै पाउन थालेपछि उनले पितालाई आग्रह गरिन ।पिताले पनि उनको अनुरोध नकार्न सकेनन । ऋृण धन गरेरै उनले पूँजीबजारमा लगानी गर्न शुरु गरिन ।

पूँजीबजारको क्षेत्रमा उनले आफ्नो पहिचान यसरी बदल्दै लगिन कि उनी संगठीत भएर काम गर्न थालिन । जहाँ र जुन क्षेत्रमा लाग्यो त्यो क्षेत्रमा मनैदेखि लाग्ने राधाको स्वभाव । उनी नेपाल पूँजीबजार लगानीकर्ता संघको उपाध्यक्षका रुपमा क्रियाशिल थिईन् । अध्यक्ष थिए,नवराज सुवेदी ।

जो शेयर लगानीकर्ता संघबाट समेत कारवाहीमा परेका व्यक्ति ।
उनका कार्यशैली मन परिरहेको थिईन राधाहरुलाई । संस्था त छ तर झोले । संस्था विधानसंगत रुपमा चलेको छैन् । न त संस्थाको एउटा छाप छ न त लेटरप्याड नै ।
राधाकै तत्परतामा संस्था विधिवत रुपमा दर्ता भयो । छाप,लेटरहेड बन्यो । नवराजलाई बर्खास्त गरिए राधाले नेपाल पूँजीबजार लगानीकर्ता संघको अध्यक्षको जिम्मेवारीमा छिन् । गर्वको कुरा नेपाली पूँजीबजार संघको नेतृत्व लिने उनी पहिलो महिला ।
उनी अध्यक्ष भए पछि राजनीतिक दलका नेता,विज्ञहरु राखेर कार्यक्रम आयोजना गर्यो । जसले लगानीकर्ताहरुको चहराएको घाउमा केही मल्हम लगाउने काम गर्यो ।

उनी अध्यक्ष बनेसँगै लगानीकर्ताहरुको भीडमा पूँजीबजार संघ पनि छ हैं भन्ने पहिचान बनाउन सफल भयो यो संस्थाले । अहिले सातै प्रदेश र ७७ जिल्लामा संगठन बिस्तार भएको छ । संस्थाको लक्ष्य छ, सातै प्रदेशमा सेयर सम्बन्धि शिक्षा दिने र लगानीकर्ताहरुको चेतना अभिवृद्धि गर्ने । तर कोरानाको कहर र लकडाउनका कारण यो उदेश्य प्रभावित भएको छ ।
अहिले सेयर बजार दिनानुदिन ओरालो लागिरहेको छ । कुनै, समय १८ सय बिन्दुमा पुगेको सेयर बजार ओरालो लागेर ९ सय भन्दा तल गई फेरि अहिले १२५१ को बिन्दुमा आएर रोकिएको छ  । धेरै लगानीकर्ताहरुको रुवाबासी देखिन्छ ।झण्डै डेढ महिनादेखि बन्द भएको शेयर बजार फेरि खुल्दैछ ।

सेयर बजारमा एकदमै बुझेर मात्रै आउनुपर्ने हुन्छ । हावाको तालमा लाग्दा वा अरुले सेयर बजारमा लागेर फलानोले घर बनायो, जग्गा किन्यो,गाडी चढ्न थाल्यो भन्ने देखेर जहाँ पायो त्यही लगानी गर्दा पछि पछुताउनु पर्दछ । सेयर बजारमा आउनुपूर्व अध्ययन जरुरी छ ।
आज कोरानाका कारण धेरै विदेश गएका युवाहरुले रोजगारी गुमाउँदैछन् । उहाँहरु जागिरबाट हात धोएर स्वदेश फर्कदैछन् । यसरी फर्किएका युवाहरु पुँजी बजारमा भित्रनुपर्दछ । कमाएको धेर थोरै रकम बुझेर सेयर बजारमा लगानी गरौं । देशमै केही गरौं । म आज जे छु र जस्तो छु यही पूँजीबजारका कारण छु । बुढेसकालसम्म पनि मलाई यही पेशमा देख्नुहुनेछ । म सेयर बजारका लागी सदैव आवाज उठाइरहनेछु । र यसको हक हितमै आफ्नो जीवन सर्मपण गर्नेछु ।
प्रस्तुति : अञ्जना सुबेदी

LEAVE A REPLY