कोरोना भाइरस र चीन अमेरिकी कुटनीति

सुदिप दाहाल

सुदिप दाहाल

सन् २०१९ को अन्त्यमा चीनको वुहान प्रान्तबाट शुरुभएको अज्ञात भाइरस ( पछि पत्ता लागि कोरोना नाम दिइएको), हाल विश्वभर फैलिसकेको छ भने यस महामारिको प्रकोपबाट ३६ लाख भन्दा बढि मानिस संक्रमित भैसकेका छन र २,५०,००० भन्दा बढिको मृत्यु भैसकेको छ। जनवरी ३० मा डब्लु.एच.ओ ले अन्तरास्ट्रीय स्वास्थ्य संकटकालको घोषण गर्दाको समयमा यस भाइरसले इटालि, इरान, दक्षीण कोरिया लगायत देशमा व्यापक प्रकोप फैलाइसकेको थियो। सामाजिक दुरि कायम गर्नु नै यसको प्रकोप कम गर्ने अचुक उपाय भएकाले, हाल विश्वका अधिकतम मुलुक लकडाउन गरिएका छन भने अर्थतन्त्रमा मन्दी छाएको छ । १२ लाख संक्रमित र ७०,००० मृतक भएको अवस्थामा, विश्वशक्ती रास्ट्र अमेरिका कोरोना भाइरसको सबैभन्दा बढि प्रभावित मुलुक बन्न पुगेको छ । अझ हालै ट्रम्प प्रशासनले प्रकाशित गरेको भाइरस प्रक्षेपणमा जुन महिनाको शुरुमा कोरोना भाइरसको कारण दैनिक ३००० अमेरिकिको मृत्यु हुन सक्ने देखिएकोले पनि, अमेरिकामा यस भाइरसको प्रकोप जटिल भैसकेको बुझ्न सकिन्छ। अर्को तिर महामारिको प्रारम्भिक बिन्दु भएता पनि चीनले भने भाइरसको प्रकोपलाई केही हदसम्म नियन्त्रणमा लिएको सन्देश दिन सफल भएको छ।

आरोप – प्रत्यारोप :-

कोरोना महामारी र चीनका सम्बन्धमा,अमेरिकी रास्ट्रपती डोनाल्ड ट्रम्पका भनाइ फेरिरहन्छन । कहिले उनी भाइरस समस्या समाधान गर्न चीन र अमेरिका हातेमालो गरेर अघि बढिरहेको कुरा गर्छन भने कहिले कोरोना भाइरस वुहानको जङ्गली बजारबाट नभै प्रयोगशाला बाट चीनले फैलाएको आरोप लगाउछ्न । चिनियाँ मन्त्रालयका प्रवत्ता याओ लियान भने अमेरिकी सैनिक ले कोरोना भाइरस अमेरिकी प्रयोगशालामा तयार गरि वुहान ल्याएर छोडेको आरोप लगाउछन । ट्रम्प प्रशासनले कोरोना भाइरस सन्बन्धी सुचना चिनियाँ पक्षले लुकाएको आरोप बारम्बर दोहोर्याइरहन्छन र रास्ट्रपती ट्रम्पले त कोरोना भाइरसलाई चिनिया भाइरस भन्दै उक्त भाइरस चिनियाँ प्रयोगशालामा निर्माण भएको र त्यो कुरा बैज्ञानिकसिद्ध भए चीन माथी कडा कारवाही गर्ने चेतावनी समेत दिसकेका छन । जवाफमा चीनको विदेश मन्त्रालयले भने कोरोना भाइरसको फैलाओट र नियन्त्रणका स्म्बन्धमा अमेरिकी सरकारलाइ ३० पटक भन्दा बडि उपाय सुझाएपनि अमेरिकी सरकार उदासिन भएको आरोप लाउछ । यद्दपी डब्लु.एच.ओ का इमर्जेन्सी डाइरेक्टर माइकल रैयानले कोरोना भाइरस चिनको वुहान ल्याबबाट फैलिएको भन्ने भनाइमा सत्यता नभएको बताएका छन । अमेरिकाको गुप्तचर संस्था समेत सम्मिलित विश्वका ५ देशका गुप्तचर गठबन्धन फाइभ आइज नेटवर्कले पनि भाइरस प्रयोगशालाबाट उत्पन्न भएको भन्ने भनाइमा हाल सम्म कुनै प्रमाण फेला नपरेको जनाएको छ ।

भ्याक्सिन निर्माणमा प्रतिस्पर्धा :-

कोरोना महामारिको यो विषम परिस्थितिमा, जैविकबिज्ञानका दुई अग्रणी रास्ट्रका वैज्ञानिकहरु एक ठाउमा उभिएर हातेमालो गर्दै भ्याक्सिनको खोजमा लाग्नु पर्नेमा , कसले पहिली भ्याक्सिन निर्माण गरि प्रभाव पार्ने भन्ने अस्वस्थ्य प्रतिस्पर्धा नै चलेको छ। दुबै देशले यो भ्याक्सिन निर्माणलाई प्रकोप नियन्त्रण र मानवियताको दृष्टिकोणबाट भन्दा बडि , बड्दो बजार माग र त्यसले अर्थतन्त्र एवम कुटनितिमामा पार्ने प्रभावको यन्त्रका रुपमा लिएको देखिन्छ । अमेरिका विश्वशक्तिको ताजलाई गुमाउन चाहादैन भने चीन भ्याक्सिन निर्माण मार्फत फैलिने प्रभावबाट आफुलाइ विश्वशक्तीका रुपमा प्रस्तुत गर्ने दाउमा छ ।चीन र अमेरिकाको भ्याक्सिन निर्माण मा देखिएको प्रतिस्पर्धा, शितयुद्दकालिन अमेरिकी-सोभियत संघको अन्तरिक्ष दौड र औपनिवेशकालिन बेलायत र फ्रान्सको उपनिवेश प्रतिस्पर्धा भन्दा गरम देखिन्छ। अझ अमेरिकी रास्ट्रपति डोनाल्ड ट्रम्पले , कोरोना भ्याक्सिन निर्माणमा सक्रीय जर्मन भ्याक्सिन कम्पनी Cure vac किन्न खोजेको समाचार बाहिर आएपछी, कुनै हालतमा भ्याक्सिन आफ्नै देशमा निर्माण होस भन्ने अमेरिकी मनसाय छताछुल्ल हुन्छ । चीनले भने बादँर मा कोरोना भाइरस फैलाओट रोक्ने भ्याक्सिन को सफल परिक्षण गरिसकेको र मानबमा परिक्षण गर्न थप दुई भ्याक्सिनलाई अनुमती दिएको छ । यद्दपी धेरै अध्य्ययनहरुले भने सन २०२० भित्र भ्याक्सिन निर्माण हुने सम्भावना अत्यन्त कम भएको जनाएका छन । प्रतिस्पर्धा जस्तो भए पनि , त्यसको कालान्तर मैत्री प्रभाव जे सुकै भएपनी तात्कालिक समयमा छिटो भन्दा छिटो भ्याक्सिन निर्माण होस भन्ने शुभकामना दुबै देशलाइ दिन चाहान्छु ।

कोरोना कुटनीति :-

बड्दो फैलाओट, निम्तदो आर्थिक मन्दीको परिवेशमा दुबै देशले कोरोना भाइरस भ्याक्सिनको महत्व राम्ररी बुझेका छन ,जसले पहिला भ्याक्सिन तयार गर्छ उसले विश्वभर शासन गर्ने लगभग निश्चित छ । अमेरिका र युरोपको कोरोना महामारिले ढाड सेकेको परिवेशमा चिनले भने कोरोना परिक्षण कीट र रोकथामका लागि आवश्यक सामाग्री सहायता गरेर होस वा आक्रमक कुटनिती अपनाएर होस , एसियन/अफ्रीकन मुलुकमा आफ्नो प्रभाब फैलाउन सफल भएको छ । यदि चिनले शुरुमा भाइरस निर्माण गरे उसले आर्थिक फड्को मार्ने साथसाथै विश्व कुटनितिमा आफुलाइ पछि पार्ने अमेरिकी त्रास देखिन्छ । चीनले भने भ्याक्सिन निर्माणलाई विश्वजगत मा आफ्नो बैज्ञानिक, कुटनितिक र आर्थिक सर्वोच्चता कायम गर्ने अवसरका रुपमा अर्थेको छ ।
चिनले अपनाएका सफल चिकित्सकिय पद्दती र त्यहाको राज्य व्यवस्थाले नियन्त्रणमा लिन सकेको महामारी, अमेरिकाले किन सकेन भनेर त्यहाको लोकतान्त्रीक राज्य व्यस्था माथी नै प्रश्न समेत उठ्न थालेको छ। कोरोना कहरको चरम समयमा पनि लोकतान्त्रीक पद्दती र देशको चिकित्सा प्रणालिमा विश्वास गर्दै , सुरक्षित एबम सफल रुपमा दक्षिण कोरियामा संसद को निर्वाचन सम्पन मात्र भएन , बरु कोरोना नियन्त्रण र निर्वाचन सम्पन्न गराउन गरेको प्रयासको कदर गर्दै जनताले तत्कालिन रुपमा आलोचित रास्ट्रपती मुन जे इन को पार्टिलाइ व्यापक जनादेश दिए । कोरोना भाइरस सम्बन्धी जानकारी समयमा नदिएको र बडि चाइना- केन्द्रीत भएको भन्दै अमेरिकी रास्ट्रपती ट्रम्पले डब्लु.एच.ओ लाई दिदै आएको सहयोग कटौती गर्ने घोषणा गरे सङ्गै बेजिङ्गले सहयाता बढाउने घोषणा गरेपछि , चीन डब्लु.एच.ओ मा समेत कुटनितिक प्रभाव बढाउन सफल भएको देखिन्छ। यी घटनाक्रम विचार गर्दा अनपेक्षित देखिएको कोरोना कहर कुनै मुलुकलाइ आन्तरिक राज्य व्यवस्था सुधार्न नैतिक पाठ र अन्तर-देशिय सम्बन्ध विस्तारको कुटनैतिक आधार बनेको समेत देखिन्छ। यश सम्बन्धमा चिनले हरेक कुटनितिक चाल सफल पारेको छ भने अमेरिकी रास्ट्रपती ट्रम्प एकपछि अर्को दलदलमा फस्दै गएको देखिन्छ । यद्दपी उनी कोरोना भ्याक्सिन निर्माण गरि , विश्वशक्ति मा रहिरहने तथा त्यसलाइ आफ्नो हतियार बनाएर सन २०२० मा हुने रास्ट्रपतिय चुनाबमा मैदान उत्रीने दाउमा हुनेछन ।

LEAVE A REPLY