मङ्गलबार राति विद्यालयबाट चार कम्प्युटर चोरी

लकडाउनका बेला दैलेखको एउटा विद्यालयबाट मङ्गलबार राति चार कम्प्युटर चोरी भएको छ ।
कोरोना भाइरसको संक्रमण रोकथामका लागि जारी लकडाउनका बेला दुल्लु नगरपालिका–११, तोरायाँ लामागडास्थित भैरव आधारभूत विद्यालय विद्यालयबाट ४ वटा कम्प्युटर चोरी भएको हो ।
विद्यालयका प्रधानाध्यापक यामबहादुर थापा मगरले करीब चार वर्षअघि ल्याई पठनपाठन गर्न प्रयोग गरिएका ती कम्प्युटर, फर्निचर आदि गरी करीब चार लाख बराबरको सामानहरु चोरी भएको बताए । प्रहरी हवल्दार बसन्त श्रेष्ठले चोरीमा संलग्नहरुको खोजी सु्रु गरीसकेको बताउनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here