लोकेन्द्र रावलको शक्तिशाली कविता – बिधिको शासन तोड्ने नबन

लोकेन्द्र रावल

लोकेन्द्र रावल

भोट दिन्छु, आस्था र बिस्वास दिन्छु
साथ दिन्छु
त्यो भन्दा नि बढी उर्जा दिन्छु
तर बिन्ति छ सरकार
अदब बन
विधिको शासन तोड्ने नबन

जनमतको भोट लत्यायर जित्न खोजेर
फेरी आफुलाइ अब्बल मानेउ रे
समग्र विधि लुटेर राज गर्दै गर्दा
अबिराम,निरन्तर सघर्स भन्यौ रे
जनताका जरुरीहरुमा नादान बन्यौ रे
बिन्ति छ सरकार
अदब बन विधिको शासन तोड्ने नबन

सुदबाबका भेलहरु सहन गरेनौ रे
सुहाउदा सुझाबहरु मानेनौ रे
देश बनाउनु छ भनेर
सिङापुर टोकियो बेइजिङ उडेउ रे
कयौ पटक सपनाहरु कागजमा
कोर्दै देखाउदै गर्यौ रे
हो त तिमिलाइ आरोप पनि छ
शक्तिबान लाइ आवाजबिहिन मानेर
बहिरो ठानेउ रे!

कान्डै कान्डको बर्सा गरायर
फुर्सतमा धेरै गर्न भ्याउदा ??
न छन्दमा आफ्नो ताल मिलायौ
न समस्त नाच्ने मादल बजायौ रे
बरु
दुनिया हसायौ, विधि लत्यायौ
जो नहुनु थियो फेरी गरायौ रे
बिन्ति छ सरकार
अदब बन
विधिको शासन तोडने नबन

मेरो बिस्वास र आस्थाको ताज तिमी
मेरो खुसी उमङ र भरोसाको राज तिमी
तिम्रा असल कर्म फललाइ
अर्को जुनिमा मैले नदेख्ने तिमी
तिमी सुन्दर र अनन्त छौ मेरा खातिर
त्यसैले
तिमी बदलियको हेर्न चाहन्छु
तिमी सजियको भोग्न चाहन्छु
तिम्रो शासनको अपुर्ब तकनीति लाइ
निर्निमेश देख्न चाहान्छु
त्यसैले
भोट दिन्छु, आस्था र बिस्वास दिन्छु साथ दिन्छु
त्यो भन्दा नि बढी उर्जा दिन्छु
तर बिन्ति छ सरकार
अदब बन
विधिको शासन तोडने नबन

LEAVE A REPLY