उपत्याकामा लक डाउन खुकुलो हुने, जोर- विजोर प्रणालीमा सवारी साधन चल्ने

सरकारले गत चैत्र ११ गतेबाट चरण चरणमा लम्बाएको लक डाउनको अवधि यही २५ वैशाखमा सकिँदैछ । के अब फेरि लक डाउन लम्बिन्छ ? अहिले यही प्रश्न र जिज्ञासाले डेरा जमाइरहेको समयमा खुसीको खबर छ कि, आगामी २५ वैशाख अघि उपत्यकामा कुनै नयाँ संक्रमित भेटिएन भने लक डाउन क्रमैसँग खुकुलो बनाउँदै जाने सरकारको तयारी छ ।
अहिले यही अनुरुप सरकारले विज्ञहरुको सल्लाह सुझाव र सहयोगमा कोरोना जोखिमका आधारमा ग्रीन, एल्लो र रेड जोड माकिङ गरी त्यस्ता क्षेत्र निर्धारण गर्ने तयारी चल्दैछ ।यी तीन खालका क्षेत्रमध्ये ग्रीन जोनमा पर्ने क्षेत्रहरुमा बैशाख २६ गतेदेखि नै लकडाउन खुकुलो पारिने सरकारको तयारी छ ।यो भनेको राजधानी उपत्यका, गण्डकी प्रदेशकाअधिकांश क्षेत्र कर्णाली प्रदेश, अधिकांश हिमाली तथा पहाडी जिल्ला समेत ग्रीन जोनमा पर्नसक्ने देखिएको छ ।। हिमाली जिल्लाहरु हो जहाँ अहिलेसम्म कोरानाका संक्रमित भेटिएका छैनन् ।

No photo description available.
जनस्वास्थ्य विज्ञ रविन्द्र समिरले तयार पारेको मार्किङ

जसअनुरुप काठमाण्डौ उपत्यकामा २६ बैशाख पछि नीजि सवारी साधनलाई जोर विजोर प्रणाली अन्तरगत चल्न दिइने तयारी छ । तर यो अवधिमा सार्वजनिक यातायात, आन्तरिक तथा अन्तराष्ट्रिय उडान भने बन्द रहनेछन् ।यस्तै, अत्यावश्यक बाहेकका पसलहरु समेत खुल्ला गर्न दिइनेछ । बैंक तथा वित्तीय संस्था यो क्षेत्रमा पूर्ण रुपमा खुल्नेछन् भने इकमर्स, उद्योग कलकारखानाहरु समेत शर्तसहित खुलाउन दिइनेछ।त्यसपछि अवस्थाको विश्लेषण गरेर थप क्षेत्रहरु खुलाइने बताइएको छ ।

भारतसँग सीमा जोडिएका तराई क्षेत्रका प्रदेश तथा जिल्लाहरुमा भने तत्काल लकडाउन खुकुलो हुनेछैन । सो क्षेत्रमा बरु केही हप्ता अझै कडाई गरिनेछ । भारतसँग सीमा जोडिएका क्षेत्रहरुको लकडाउन भारतसँगको समन्वयमा मात्र खोलिनेछ, अर्थात भारतले जहिलेसम्म बढाउँछ, त्यो बेलासम्म नेपालले समेत बढाउनुपर्ने बाध्यता छ । भारतले हिजोमात्र अरु दुई हप्ता लकडाउन लम्बाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here