उदयपुर ठेगाना भनेपछि अप्रेसन कक्षबाटै निकालिइन गर्भवती

अस्पताललाई कारबाही गर्ने मन्त्रालयको तयारी

विराटनगरको नोबेल मेडिकल कलेज तथा टिचिङ हस्पिटलले एक जना गर्भवती महिलालाई अप्रेशन थिएटरबाट निकालेर अन्यन्त्रै रिफर गरेको पाइएको छ । उदयपुर ठेगाना भएका बिरामीलाई अपरेसन थिएटरबाट निकालेर कोशी अस्पतालमा रिफर गरेको पाइएको छ ।
उदयपुरमा कोरोना संक्रमित भेटिएको भन्दै नोबेल अस्पतालले उदयपुरका बिरामीलाई अन्यत्रै रिफर गर्न थालेको हो। गत बुधबार बिहान उदयपुर गाईघाट घर भएकी महिलालाई अप्रेशन थिएटरबाट निकालेर कोशी अस्पताल रेफर गरेपछि यो बिषयमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
नोबेलले प्रसूति व्यथा लागेर अपरेसन गराउन गएकी २९ वर्षीय सरस्वती रौनियारलाई उदयपुर घर भएको भन्दै डाक्टरले अपरेसन गर्न नसक्ने बताएर उनलाई कोसी अस्पताल रेफर गरेको थिए । केही अघिमात्र नोबेलले उदयपुर त्रियुगा नगरपालिकाका १६ वर्षीय भीमबहादुर खत्रीलाई अपरेसन थिएटरबाटै रेफर गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here