अदालतबाट रिहा भए लगत्तै पुन पक्राउ परे व्यापारी अग्रवाल

सुलभ अग्रवाल धरौटी तिरेर छुटेलगत्तै पक्राउ परेका छन । काठमाडौं जिल्ला अदालतको आदेशमा आजै २५ लाख ५० हजार धरौटी तिरेर छुटेलगतै उनी पुन पक्राउ परेका हुन । थर्मल गन लगायतका स्वास्थ्य उपकरण कालो बजारीको अभियोगमा गत २५चैतमा महानगरीय अपराध महाशाखाको टोलीले उनलाई पक्राउ गरेको थियो। काठमाडौ जिल्ला अदालतले २५ लाख ५० हजार धरौटी बुझाएर छाडने आदेश दिएको थियो । काठमाडौ जिल्ला अदालतका न्यायाधीश ब्रजेशकुमार प्याकुरेलको इजलाशले अग्रवाललाई २५ लाख ५० हजार रुपैयाँ धरौटी लिएर थुनामुक्त गर्न बिहीबार आदेश दिएको हो । अग्रवालअदालतको आदेश अनुसार उक्त रकम बुझाए पनि थुनामुक्त भने पाएनन । अग्रवालमाथि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग र राजश्व अनुसन्धान विभागले पनि अनुसन्धान गरिरहेकाले उनी धरौटी तिरेर छुटे लगत्तै पक्राउ परेका छन्। अदालतले थर्मल गन कालोबजारी मुद्दामा धरौटीमा छाड्न भने पनि सम्पत्ति शुद्धीकरण र राजश्व अनुसन्धान विभागको अनुसन्धानका लागि उनलाई थुनामा नै राखिने भएको हो। राजश्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीले जिल्ला सरकारी वकील कार्यालय मार्फत् पत्र आएको जानकारी दिँदै राजश्व छली भए वा नभएको विषयमा आवश्यक अनुसन्धान गरिने जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here