प्रधानमन्त्री बन्ने प्रस्ताव आउँछ भन्ने सपनामा पनि चिताएको थिइनँ

बुधबार वालुवाटारमा बसेको नेकपा सचिवालयको बैठकले नयाँ तरंग ल्याएको छ । अरु बैठकमा सदैव प्रधानमन्त्री ओली आफैं पहिला र लामो बोल्दथें । तर हिजो प्रधानमन्त्री ओली शुरुमा आफू बोलेनन् । प्रधानमन्त्री ओलीले आज म बोल्दिनँ प्रचण्डजी बोल्नुस् भनेर पार्टीका अर्काे अध्यक्ष प्रचण्डलाई बोल्न आग्रह गरे । प्रचण्डले भने, तपाईंले पहिलो केन्द्रीय समिति बैठकदेखि नै एकताविरोधी गतिविधि गर्नुभयो । केन्द्रीय कमिटीबाटै तपाईं पार्टी फुटाउन लाग्नुभयो । आफू पक्षीय भेला बोलाउने गर्नुभयो । यो तरिका ठीक भएन । तपाईंले सधैं पार्टीविरोधी गतिविधि गरेकाले अब राजीनामा गर्नुस् र सत्ता छाड्नुस ।


प्रचण्डले आफ्नो भनाइ सक्नेबित्तिकै प्रधानमन्त्री ओलीले अरूलाई बोल्न नदिई आफू बोल्छु भने। र जवाफ फर्काए अहिले म राजीनामा दिन्नँ । कोरोनाको समय छ । सकिएपछि बरु बामदेवजीलाई कतैबाट चुनाव गराउँला र प्रधानमन्त्री बनाउँला । त्यतिभए उहाँको पनि इच्छा पूरा हुन्छ । माधवजीले पनि धेरै रहर गर्नुभा’छ उहाँलाई तेस्रो अध्यक्ष बनाउन पनि म नै पहल गर्छु, बन्नुपनि हुन्छ ।’ओलीको यो प्रस्ताव पछि बैठको माहोल पूरै परिवर्तन भयो ।
झलनाथ खनालले भने, समस्या समाधानका लागि स्थायी समिति बैठक बोलाउन माग गरे । र स्थायी समितिले भन्यो भने राजीनामा दिन पनि तयार हुनुपर्ने सुनाए । यस्तै पार्टीका अर्काे वरिष्ठ नेता माधव कुमार नेपालले यस्ता प्रस्ताव र कुराले टुंगोमा पुग्न नसकिने बताउँदै धेरै साथीहरुको स्थायी कमिटी बैठकको माग पनि छ । यो प्रक्रिया र विधिसम्मत पनि हुन्छ । सवै कुरा त्यहीँबाट टुंग्याउँ ।


पार्टीका उपाध्यक्ष  वामदेव गौतमले आफूलाई प्रधानमन्त्री बनाउने प्रस्ताव आउला भन्ने नसोचेको र यो सपनाजस्तै लागेको सुनाए । महासचिव विष्णु पौडेलले प्रधानमन्त्री ओलीको प्रस्ताव राम्रो भन्दै यसैबाट निकास निस्कने धारणा राखे । ईश्वर पोखरेलले पनि पौडेलकै कुरामा सहमत जनाएका सो वैठकमा सचिवालय सदस्य रामबहादुर थापा प्रतिरक्षात्मक शैलीमा प्रस्तुत भए ।
यस्तै बैठकमा प्रवक्ता समेत रहेका नारायणकाजी श्रेष्ठले भने पार्टी एकतालाई मजबुत बनाउनलाई पार्टीभित्र व्यापक छलफल जरुरी रहेको धारणा राखे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here