चिमोटने स्वतन्त्रता

नाजिमहिकमत

तिमी खर्च गर्छौ आफ्नो आँखाका ज्योती,
आफ्ना हातका जाज्वल्लमान मिहेनत,
दर्जनौँ रोटीका लागि पिठो मुछ्यौ,
तर आफु एक टुक्रा चाख्न पनि पाउन्नौ,
तिमी अरुका लागि घोटिन स्वतन्त्र छौ
धनिलाई अरु धनि बनाउनका लागि
तिमी स्वतन्त्र छौ ।

जन्म लिनासाथ तिम्रा चारैतिर
उनीहरू झुठका चाङहरूको बार लगाउँछन्
जसले तिम्रा पुरा जीवन बेरेर
तिम्लाई झुठको जालमा पार्नेछन् ।
आफ्नो महान स्वतन्त्रताका साथ
पुर्पुरोमा हात राखेर तिमी सोच्दछौ
विवेकको स्वतन्त्रताको लागि तिमी स्वतन्त्र छौ ।
तिम्रा टाउका गर्धनबाट काटिएझैं झुकेका छन्,
लुण्ठुङ्ग झुण्डीएका तिम्रा हातहरू,
यता उति भौँतारीएका छौ तिमी
आफ्नो महान स्वतन्त्रतामा,
बेरोजगार बन्ने स्वतन्त्रताका साथ
तिमी स्वतन्त्र छौ ।

तिमी देशलाई माया गर्छौ
सबै भन्दा नजिक ठानी, अमूल्य चिज जस्तै ।
तर एकदिन यसलाई बेचिदिने छन,
उदाहरण :अमेरिकाको हुनेगरी
तिमीलाई पनि, तिम्रो महान स्वतन्त्रता समेत
सैनिक अड्डा बन्नका लागि तिमी स्वतन्त्र छौ ।
तिमी दावी गर्न सक्छौःतिमी होईनौ
फगत एक साधन, एक सङ्ख्या वा एक व्यक्ति
बरु एक जीउँदो सचेत मानिस
उनीहरूले तुरुन्त हतकडी भिराईदिन सक्छन
तिम्रा नाडीहरूमा ।
गिरफ्तार हुन र झ्यालखाना पर्न
वा फाँसीमा झुण्डिनका लागि
तिमी स्वतन्त्र छौ ।

तिम्रा जीवनमा फलाम, काठ
वा पर्दाको झल्लर छैन,
स्वतन्त्रता ल्याउनु पर्ने कुनै आवश्यक्ता छैनः
तिमीत स्वतन्त्र नै छौ नि ।
तर खुला आकासको मुनि
यस्तो खाले स्वतन्त्रताले चिमोटी रहन्छ ।

अनुवाद : प्रा. डा. मुकेशकुमार चालिसे
२०७६ बैसाख १६

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here