अनलाइन शिक्षा इतिहास, बाध्यता, चुनौती र समाधान

बिनोद राज सुवेदी

 

चैत ७ गते भर्खर सुरुभएको परिक्षा स्थगित भई म घर हिंड्न लागेको दिन। मानमा कोरोनाको असर र शैक्षिक सत्रलाई लिएर अनेकौं चिन्त र प्रस्नहरु थिए। घर हिड्ने दिन म अमेरिका, अष्ट्रेलिया, जर्मनी र जापानमा भएका साथीहरुको खबर बुझ्न् ब्यस्त भएँ।खबर जतापनि उस्तै थियो कोरोनाको त्रास, रोजगारिको चुनौती र आर्थिक संकट। कोरोनाको प्रभाव अन्य क्षेत्रमा भएपनि शिक्षामा भने बाधा नपुग्नेमा उनिहरु विस्वस थिए, कारण एउटै — अनलाइन शिक्षा।

अनलाइन शिक्षाको विकास सुरुभएको करिब ३०बर्ष भयो तर यसको अवधारणा भने निकै पुरानो हो। सर्वप्रथम विं.सं १८७३मा अमेरिकाबाट घरमै पढाउने शिक्षाको रूपमा दुर शिक्षाको सुरुवात भयो। त्यसपछि विं.सं १९११मा अष्ट्रेलियाबाट हुलाकी शिक्षामा परिणत भएको यो शिक्षा करिब ७० बर्ष अघि टेलिभिजनको मध्यमबाट आधुनिकताको बाटोमा हिंडेको हो। त्यसैगरी विं.सं १९८९ तिर आधुनिक कम्प्युटर, निजि वेब र ईन्टरनेटको विकाससंगै दुरु शिक्षा अनलाइन शिक्षाको रूपमा बिद्यालय र बिश्वबिद्धालयमा प्रभावकारी ढंगले अघि बड्यो। विं.सं १९९३ देखि २००८ सम्म निकै फलदायी सावित भई यो पौराणिक शिक्षाको विकल्पको रूपमा स्थापित भयो। विं.सं २००९ पछि अमेरिकादेखि विश्वमा अन्य विकसित मुलुकको शैक्षिक विभागले अनलाइन शिक्षालाई प्राथमिकताको साथ अघि वडायो। विं.सं २०१९ को एक अनुमानको अनुसार विश्वमा करिब २ करोड विद्यार्थीहरु अनलाइन शिक्षाको सेवा प्राप्त गर्न सफल भएका छन्। आजको यस वर्तमान समयमा यो शिक्षा विश्वका विद्यार्थीहरुलाई एक वरदानको रूपमा स्थापित भएको छ।

विश्वभरका मानव समुदायमा कोरोना भाइरस विनाशकारी ढंगले अघि बढेको हुनाले त्यसविरुद्ध लड्न नेपालसंगै धेरै मुलुकमा लकडाउन गरेका छन्। लकडाउनले नेपालमा आबस्यक सामाग्रीको कमिमात्रै नभई विद्यार्थीको शिक्षाको मौलिक हकलाई हनन पनि गरेको छ। बिद्यालय तहमा सुरुहुन पर्ने नयाँ शैक्षिक सत्रदेखि बिश्वबिद्धालयका परिक्षा र पढाइ सबै तहसनहस छन्। यस खाली समयमा विद्यार्थीहरु किताब पढ्नु र केहि सृजनशील कार्य गर्नुभन्दा सामाजिक संजाल चलाउन र फिल्म हेर्न रुचि राख्छन्। प्रत्यक्ष शिक्षकसामु पढ्ने वातावरण नहुनु र विद्यार्थीको पढाईप्रतिको अज्ञानताले भोलिका दिन विद्यार्थीहरुमा ठुलो असर पर्न सक्ने अनुमान लगाउन सकिन्छ।

येहि बाध्यताले आजभोलि देशमा अनलाइन शिक्षाको बहस भैरहेको छ। बहस पनि किन नहोस्, प्रबिधिको मद्दतले विद्यार्थीहरु घरमै बसेर पढ्न सक्ने भएपछि। सतहमा हेर्दा यो जति सजिलो र रमाइलो सुनेपनी गहिराईमा यसको महत्त्व र चुनौती धेरै छन्। केही दिन अघिनै त्रिबिले लगायत अन्य बिश्वबिद्धालयले यो शिक्षा सञ्चालन सम्बन्धि निर्देशिका पनि निकालेको छ। यस लेखमा त्रिबिको कक्षा सञ्चालन सम्बन्धि नियम वा चुनौती भन्दा पनि अनलाइन शिक्षाका केही आधारभुत कुराको विषयमात्र केन्दृत हुन्छ।

सर्वप्रथम अनलाइन शिक्षाको महत्त्वलाई नियाल्दा उच्च शिक्षा हासिल गर्नकै लागि भएर काठमाडौं वा अन्य कुनै शहर जाने कयौं विद्यार्थीहरुलाई यसले ठुलो राहत हुन्छ। त्यसैगरि आफ्नो परिवारबाट टाढा हुने बाध्यतासंगै डेरा लिएर बस्नेलाई हुने समस्या पनि घट्छ। सहरका विद्यार्थीलाई पनि यसले समयको बचत र अनावश्यक झमेलाबाट टाढा राख्छ। परिवारसङ बसि कुनै अन्य आवश्यकताको चिन्ता नहुदा विद्यार्थीको पढाईमा प्रगति हुँदै जान्छ।

अनलाइन शिक्षा सहरका थुप्रै बिद्यालय र क्याम्पसमा पढाउन सकिए पनि ग्रामीण भेगका कयौं ठाँउमा यो उपयुक्त देखिदैन। आजपनि कतिपय ठाँउमा वाई- फाईको त कुरै छोड्दिउ फोनमा टावर नटिप्ने र डाटा राम्ररी नचल्ने समस्या छ। यसैगरि अनलाइन शिक्षामा आर्को ठुलो समस्या भनेको भौतिक र शैक्षिक पुर्वाधार हो जुनको अभाव नेपालका बिश्वबिद्धालयमा देख्न सकिन्छ। प्रबिधिको विकास कम भएको कारण नेपालमा यो शिक्षा सञ्चालन गर्न निकै समस्य हुन्छ। यसैगरि यसमा विद्यार्थी र शिक्षकको अनुभव कम भएकाले विद्यार्थीको एकाग्रता कम हुने र शिक्षकले पनि आफ्नो छ्यमता अनुसार पढाउन नसक्ने देखिन्छ। विद्यार्थीको घरमै बसेर एकान्तमा पढ्ने बानीले पछी उसलाई ठुलो समुहमा आफुलाई प्रस्तुत गर्न र घुलमिल हुन गाह्रो हुन्छ। अन्य समस्याहरु भनेको कक्षाकोठामाझैँ विद्यार्थीले शिक्षकसङ प्रस्नोतर गर्न गारो हुनु, साथिहरुसङ साटिने ज्ञानमा कमि हुनु, विद्यार्थीबिच प्रतिस्पर्धाको भावना कम हुनु र नयाँ सृजना गर्न समस्या पर्नु जस्ता हुन। यी समस्यालाई कम गर्न सकिएमा अनलाइन शिक्षाको भविष्य उज्ज्वल देखिन्छ।

अनलाइन शिक्षाको बढी प्रयोगले विद्यार्थी र शिक्षकमा अनुभवको बिकाससंगै शिक्षाको गुडस्तरमा पनि वृद्धि हुदै जान्छ। अझ दुबैको बढी सहकारिताले यो शिक्षामा देखिने धेरै समस्यालाई कमभन्दा कम बनाउन सकिन्छ। तर वर्तमान स्थितिमा यो शिक्षाको मुख्य समस्या जस्तै पुर्वाधारको विकास, प्रबिधिको स्तरोन्नति र ईन्टरनेटको पहुँचलाई छिटोभन्दा छिटो समाधान गर्नुपर्छ। यस विषयमा हरेक बिश्वबिद्धालयले गम्भीरताका साथ काम गर्नुपर्छ। प्रबिधि र ईन्टरनेटको कम विकास भएको ठाँउमा अनलाइन शिक्षा सञ्चालन गर्नु भनेको मरुभूमिमा पानीजाहज चलाउनु जस्तै हो जुनको अस्तित्व र अर्थ दुबै हुँदैन। समस्यालाई गहन अध्ययन गरे समाधान अवस्थ निस्किन्छ, तिमध्य एउटा समाधान यस प्रकारको हुन सक्छ।

सुरुमा बिश्वबिद्धालयले यो समस्या समाधान गर्न एउटा समिति गठन गरेर नेपालमा वाई- फाई नभएको र ईन्टरनेटको राम्रो सुबिधा नभएका विद्यार्थीको सर्वे गर्नुपर्छ। त्यसपछि एकातिर उसले सरकारलाई ठाँउ ठाँउमा फ्री वाई- फाईको प्रबन्ध मिलाउन पत्राचार गर्ने र अर्कोतर्फ ईन्टरनेट प्रदान गर्ने कम्पनी जस्तै नेपाल टेलिकमसङ मिलेर ईन्टरनेट राम्रो नभएको ठाँउमा फ्री डाटा प्याक ल्याउने ब्यवस्था गर्नुपर्छ। त्यो प्याक अनलाईन कक्षासम्बन्धि मात्र हुने र कक्षा सञ्चालन हुने App मा मात्र सिमित भई चल्नुपर्छ। त्यसपछि आवश्यक परे क्याम्पसबाट बिश्वबिद्धालयमार्फत टेलिकमलाई केहि रकम भुक्तानी गर्न सकिन्छ । यसरी विद्यार्थीको समस्या समाधान हुनुसंगै हरेक ठाँउमा दुर्तगतीको ईन्टरनेटको पहुँच पुग्न सक्छ।
इतिहास साक्षी छ कुनै नयाँ कुरा सुरु गर्दा कि त ठुलो इच्छाशक्ति चाहिन्छ कि त बाध्यता। नेपालमा अनलाइन शिक्षा बाध्यताको रूपमा प्रस्तुत भएको छ। लकडाउनको कारण एक महिना बढी शिक्षा ठप्प भएको परिवेशमा त्रिबि लगायत अन्य बिश्वबिद्धालयले अनलाइन शिक्षा सञ्चालन गर्न खोजेतापनी यसको धरातल बुज्न अति आवश्यक  छ। बिश्वबिद्धालयको यो कदम प्रसंशानिय छ तर प्रयाप्त भने नाई। जति आवश्यक आज विद्यार्थीलाई अनलाइन शिक्षाको छ उत्तिनै तेस्को पहुँच सबैमा अनिवार्य छ। यसरी उसले कक्षा सञ्चालनसङै हरेक विद्यार्थीको हातमा ईन्टरनेटको पहुँच पुर्याउनु पनि ध्यान दिनुपर्छ।

अन्त्यमा जसरी हिजोको नाकाबन्दीले नेपाललाई आत्मनिर्भर बन्न सचेत गर्यो त्यसरी नै आजको लकडाउनले नेपालमा शैक्षिक आधुनिकरण गर्न सुझाव दिएको छ। त्योसङै वास्तविक प्रस्न अनलाइन शिक्षा सञ्चालन गर्न सकिन्छ सकिन्न भन्दापनी यसको पहुँच हरेक विद्यार्थीमा कसरी पुर्याउनु सकिन्छ भन्ने हो।

(लेखक सुवेदी नेपाल ल क्याम्पस बीए, एल. एल.बि.का विद्यार्थी हुन)

LEAVE A REPLY