एन्जेलिना जोलीको रिउल सेक्स कथा यस्तो छ

हलिउड अभिनेत्री एन्जेलिना जोलीको यौनजीवन विवादित खालको छ। उनी पुरुष र महिला दुवैसँग सेक्समा लीन हुने ‘बाइसेक्सुअल’ भएको चर्चा हलिउड वृत्तमा चर्को छ। जोलीले समेत एक अवसरमा कुनै समय आफू बाइसेक्सुअल भएको स्वीकार गरेकी थिइन्।

सन् २००३ मा दिएको एउटा अन्तर्वार्तामा जोलीले भनेकी थिइन्, ‘पुरुषप्रति मात्र जाग्ने कामुक मनोभाव महिलाप्रति जागेको थाहा पाउँदा सुरुमा त म छक्क परेकी थिएँ। महिलाको शरीरलाई स्पर्श गर्ने, उसलाई चुम्बन गर्ने रहर अनौठो गरी पलाउन थाल्यो।’

जेनी जिमिजु नाम गरेकी एउटी ‘लेस्बियन’सँग कुनै बेला जोलीको रतिरागात्मक सम्बन्ध हुने गर्थ्यो। जेनी स्वयंले यसको खुलासा गरेकी हुन्। ‘हामीले कैयौँ पटक सेक्स गरेका छौँ। जोलीको अर्को एउटा सोख पनि थियो। खै, किन हो कुन्नि, उनी बेडरुममा चक्कुको रास थुपार्ने गर्थिन्,’ उनले भनिन्।

जेनी र जोलीबीच फिल्म ‘फक्सफायर’मा सँगै काम गर्दा चिनापर्ची भएको थियो। पछि यी दुईले फिल्म ‘जिया’मा काम गरे। ‘जिया’मा जोली बाइसेक्सुअल युवतीको भूमिकामा छिन् भने जेनीले ‘लेस्बियन’को भूमिका निर्वाह गरेकी छिन्। ‘बिहेअघि जेनीलाई भेटेको भए सायद म उसैसँग बिहे गर्ने थिएँ,’ एउटा अन्तर्वार्तामा जोलीले भनेकी थिइन्।

अभिनेता ब्राड पिटसँग सम्बन्धमा पर्नुअघि जोली अभिनेता तथा निर्देशक बिली बब थर्टसनकी पत्नी थिइन्। तर, बबले एकजना सेक्स थेरापिस्टसँग लहसिएर जोलीलाई छोडे। बबसँगको सेक्समा जोली एडिक्टजस्तै भएकी थिइन्। बबसँगको दैहिक दूरीको पीडाबाट तंग्रिन जोलीलाई लामो समय लागेको थियो।

बबभन्दा उमेरले २० वर्ष कान्छी भए पनि एन्जेलिनालाई उनले जवान पतिको कमी महसुस हुन दिएका थिएनन्। जसकारण उनी बबप्रतिको ‘लभ एन्ड सेक्स एडिक्सन’ले ग्रस्त भएकी थिइन्। आफूहरूबीच आक्रामक सेक्स हुने गरेको र जोली यसका लागि आतुर रहने गरेको बबले बताएका थिए।

एक दिन बब र जोली एउटा टेलिभिजन च्यानलमा अन्तर्वार्ता दिन गएका थिए। अन्तर्वार्ताकै क्रममा बबले भने, ‘दर्शकलाई के ढाँट्नु? यहाँ आउँदा बाटोमा हामीले कारभित्रै भव्य सेक्स गर्यौँ ।’ कुनै समय आफू बाइसेक्सुअल भएको स्वीकार गर्ने एन्जेलिनालाई बबको यस्तो भनाइले रत्तिभर पनि अप्ठेरो महसुस गराएन।

LEAVE A REPLY