अभिनेता दयाहाङ राईको आज जन्मदिन, कति बर्षका लागे उनी ?

नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता दयाहाङ राईको आज जन्मदिन परेको छ । उनी विसं २०३७ साल वैशाख १ गते आइतबारको दिन भोजपुरको खावामा जन्मिएका हुन् । आज परेको जन्मदिनमा उनलाई बिहानैदेखि शुभकामनाको ओइरो लागेको छ ।

आजबाट उनी ४० बर्षमा टेकेका छन् । कोरोनाभाइरसको रोकथाम र नियन्त्रण गर्नको लागि गरिएको लकडाउनका कारण अभिनेता दयाहाङ अहिले घरमै छन् । उनले आफ्नो जन्मदिन घरमै परिवारसँगै मनाउने भएका छन् ।

अभिनेता दयाहाङ् राई १६ वर्षसम्मा खावा गाविसको गाउँमा जन्मेर खेतीपाती र गाईबस्तु गोठालो गर्दै खावा गाविसको दिल प्राथामिक विद्यालय, पशुपति मावि हुदै अन्नपूर्ण गाविसका अन्नपूर्ण उच्च माध्यमिक विद्यालय भोजपुरमा एसएलसिसम्मा अध्यान गरे । एसएलसिपछि भोजपुर बहुमुखी क्याम्पसमा आइए पढेका दयाहाङ राई भोजपुरबाट काठमाडौ छिरेपछि लूट (चलचित्र) लोफर (चलचित्र), झोले (चलचित्र), कबड्डी (चलचित्र) लगायत करिव २ दर्जन नेपाली चलचित्र र १६ वटा नाटकमा अभिनय साथै ६ वटा नाटक निर्देशन गरेका छन् ।

LEAVE A REPLY