भारतमा ‘कर्फ्यू पास’ माग्दा काटिदिए प्रहरीको हात

पञ्जाबको पटियालामा आइतवार निहंग सिखहरूको एक समूहले आक्रमण गरेर एक प्रहरी अधिकारीको हात काटेका छन् भने तीन अन्य प्रहरीलाई घाइते बनाएका छन् ।

प्रहरीले दिएको जानकारी अनुसार, चारपाँचजना सिखहरूको एक समूह एउटा गाडीमा यात्रा गरिरहेको थियो । बिहान साढे ६ बजेतिर अधिकारीहरूले उनीहरूलाई एउटा तरकारी बजारनिर रोके । त्यसपछि झडप भयो र उनीहरूले प्रहरीमाथि आक्रमण गरे । उनका अनुसार तफी शिखहरूले असईको हात तरबारले काटिदिएका हुन्।

त्यस्तै, अन्य दुई प्रहरी घाइते भएका थिए। घाइते प्रहरीको कुहिनो र हातमा चोट लागेको पिटिआइले जनाएको छ।हात काटिएका असईको उपचारका लागि राजिन्द्र अस्पतालमा लगिएको थियो भने पछि त्यहाँबाट चन्डीगढको पिजिमरमा रिफर गरिएको थियो।घटनामा संलग्न एकलाई प्रहरीले पक्राउ गरेको थियो। अन्य भने फरार रहेको एसएसपी सिंहले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here