यी हुन् यो वर्ष बिहे गर्ने कलाकार

यो वर्ष नेपाली चलचित्रका लागि सुखद रहेन । चलचित्रको रिलिज संख्या कम भए भने व्यापारिक रुपमा पनि नेपाली चलचित्र कमजोर रहे । दर्शकको मन जित्न केही चलचित्र मात्र सफल रहे ।यो वर्ष नेपाली चलचित्रका केही कलाकारले विवाह गरे । नायिका दीपिका प्रसाईंदेखि आँचल शर्मासम्मले यसै वर्ष विवाह गरेका हुन् ।नायिका दीपिका प्रसाईंले निर्देशक दीवाकर भट्टराइसँग यसै वर्ष नै विवाह गरिन् । उनीहरु केही वर्ष प्रेम सम्बन्धमा रहेपछि विवाह गरेका हुन् । दीवाकर र दीपिकाको विवाह वैशाख २४ मा भएको थियो ।

यो वर्ष नै निर्देशक रेनशा वान्तवा राईले निर्माता पज्वल शमशेर जबरासँग विवाह गरिन् । उनीहरुले पनि वैशाखको २४ गतेलाई विवाहको उत्तम मिति छाने ।नायिका ऋचा शर्माको विवाह यो वर्ष चर्चामा रहन पुग्यो । प्रेमी दिपेक्ष विक्रम राणासँग ऋचाले २ वर्ष प्रेम गरिन् र विवाह गरिन् । उनीहरुको धुमधमासँग गरिएको विवाहले नेपाली मिडियामा उच्च स्थान पायो ।यो वर्ष नै चर्चामा रहेको अर्को विवाह हो, नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीको ।यो जोडीले फागुणको १६ गते विवाह गरेको हो । करिब एक साता चलेको विवाह भव्य भयो । जसले गर्दा पनि यी दुईले लामो समय मिडियामा चर्चा पाए । उनीहरु पनि केही वर्ष प्रेम सम्बन्धमा थिए ।नायिका आँचल शर्मा र उनका प्रेमी उदिप श्रेष्ठबीचको विवाह पनि चर्चामा रहन पुग्यो ।अझ, आँचलले लगाएको लेहेङगा र विवाह पार्टीमा हेलिकप्टर चार्टर गरिएपछि विवाहको चर्चा झनै भयो । एक वर्ष लामो प्रेम सम्बन्धपछि उनीहरुले विवाह गरेका थिए ।नायिका रीश्मा गुरुङले पनि यो वर्ष नै विवाह गरिन् । पोखरामा पारिवारिक जमघटबीच भएको उनको विवाह भने खासै चर्चामा रहेन ।यो वर्ष आधा दर्जन बढी चलचित्रकर्मीले बिहे गरेका छन् । यसैले, यो वर्षलाई कलाकारको बिहेको वर्ष भन्दा फरक नपर्ला ।

कृति भट्टराई 

अभिनेत्री कृति भट्टराई वर्ष २०७६ मा विवाह गर्ने पहिलो सेलिब्रेटी हुन् । उनले रोहित पौडेलसँग १२ आसारमा लगनगाँठो कसेकी थिइन् ।
दरबारमार्ग स्थित लक्ष्मी नारायणको मन्दिरमा हिन्दू परम्परा अनुसार विवाह गरेकी कृतिको वैवाहिक समारोहमा दुलाहदुलही दुवैपक्षका परिवार, साथीभाइको समेत उपस्थिति थियो ।
‘विश्वास’, ‘उपहार’, ‘उनको सम्झनामा’ लगायत करिव  आधा दर्जन फिल्म अभिनय गरेकी भट्टराइले रोहितसँग प्रेम पछि विवाह गरेकी हुन् । रोहित पेशाले इन्जिनियर हुन् । कृतिले कफी सप पनि चलाउदै आएकी छन् ।

ऋचा शर्मा 


अभिनेत्री ऋचा शर्मा २१ मंसिरमा बिवाह बन्धनमा बाधिएकी हुन् । उनले प्रेमी दिपेक्क्ष बिक्रम रानासँग प्रेम बिवाह गरेकी हुन् ।
लबिम महलका मलका जेनेरल म्यानेजर रहेका रानासँग ऋचाले नेपाली परम्परागत तरिकाले विवाह गरेकी हुन् ।
विवाहमा उनका नजिकका कलाकार साथी र आफन्तजनको सहभागीता थियो । काठमाडौको एक रिसोर्टमा उनको विवाह समारोह आयोजना भएको थियो ।

विजय बराल र प्रमिला खनाल 


नाट्यकर्मी तथा अभिनेता विजय बराल र नाट्यकर्मी प्रमिला खनालले पनि २०७६ मै लगनगाँठो कँसे । विजय र प्रमिलाले १४ फागुनमा परम्परागत विवाह गरेका थिए ।
काठमाडौंको एकपाटी प्यालेसमा दुबैको विवाह समारोह आयोजना गरिएको थियो । नाटक अभिनय सिलसिलामा टुसाएको प्रेम उनीहरुले विवाहमा परिणत गरेका थिए ।  विजय र प्रमिलालेसँगै थुप्रै नाटक र चलिचत्रमा समेत  काम गरेका छन् । अभिनेता विजय कबड्डी श्रृंखलामा समेत नियमित देखिएका थिए ।

प्रियंका कार्की र आयुष्मान देशराज जोशी 


अभिनेत्री प्रियंका कार्कीले १५ फागुनमा अभिनेता आयुष्मान देशराज जोशीसँग विवाह गरेकी हुन् । विवाहको अघिल्लो दिन उनीहरुले जिल्ला अदालत ललितपुरमा समेत कानुनी प्रकृया पुरा गरेका थिए ।
पारिवारिक सदस्य, साथीभाइको उपस्थितीमा विवाह गरेका प्रियंका र आयुष्मानले विवाह भोज समेत खुवाएका थिए । विवाह अगाडि प्रियंका आयुष्मानको मेहेन्दी समारोह समेत आयोजना गरेका गरिएको थियो ।

आँचल शर्मा 


वर्ष २०७६मा विवाह गर्ने अन्तिम सेलिब्रेटी हुन् अभिनेत्री आँचल शर्मा । आचलले २९ फागुनमा काठमाडाैंको एक होटलमा प्रेमी उदिप श्रेष्ठसँग लगनगाँठो सकेकी थिइन् ।
उनको विवाहमा आचल र उदिपका परिवार सदस्यको मात्र उपस्थिति थियो । आँचल र उदिपले एक वर्षको प्रेमसम्बन्धलाई विवाहमा परिणत गरेका थिए ।
उनीहरुले बिवाह भोज भने काठमाडौको हायात होटलमा दिएका थिए ।

केनिपा सिंह 


अभिनेत्री तथा नाट्यकर्मी केनिपा सिंह पनि यो वर्ष बिवाह बन्धनमा बाँधिएकी हुन् । उनले सुलभ पहारीसँग विवाह गरेकी हुन् । केनिपाले पनि प्रेम विवाह गरेकी हुन् । केनिपाको फिल्म ‘साईली’मा महत्वपूर्ण भूमिका रहेको थियो  भने लाटीको छोरो नाटकमा पनि उनी कलाकारको रुपमा रहेकी थिइन् ।

रिश्मा गुरुङ


यसैगरी रामबाबु गुरुङ निर्देशित फिल्म ‘कबड्डी’ बाट मैयाको उपनाम पाएकी अभिनेत्री रिश्मा गुरुङले पनि यही वर्ष बिहे गरिन् ।
उनले गत फागुनमा बिबाह गरेकी छिन् । प्रेमी सन्दीप गुरुङसँग उनले पोखरामा बिहे गरेकी थिइन् । रिश्मा पछिल्लो समय कबड्डीको तेस्रो सिरिजमा देखिएकी थिइन् ।

LEAVE A REPLY