पर्यटन क्षेत्रसंग आवद्ध संघसंस्थाका अध्यक्षहरुसँग कुरा गर्न स्काईपमा पर्यटन मन्त्री

पछिल्लो पटक कोरोना भाइरस (कोभिड १९)ले संसारलाई थिलथिलो बनाएको छ। यस महामारीका कारण आर्थिक क्षतिको आँकलन भइसकेको छैन। मानवीय क्षति जारी छ। मृत्यु हुनेको संख्या विश्वभर एक लाख नाघिसकेको छ।
नेपालमा पनि यसको कारण अर्थतन्त्रमा ठूलो असर पुराएको छ । यहि विषयमासंस्कृती, पर्यटन तथा उड्डययन मन्त्री योगेश भट्टराईले पर्यटन क्षेत्रमा पुग्न गएका असर र सुझावहरु बुझ्न आज पर्यटन क्षेत्रसंग आवद्ध संघसंस्थाका अध्यक्षहरुसँग स्काईप मार्फत कुरा गरेका छनु ।
टानका अध्यक्ष खुम बहादुर सुवेदीले कोरोना भाइरसले सबै भन्दा बढी असर पर्यटन क्षेत्रमा पुर्याटएको हुँदा २०२० मा पर्यटनसंग सम्बन्धित व्यवसायहरु सरल रुपमा सञ्चालन हुन कठीन हुने कुराको ध्यानकर्षण गराउदै बैंक व्याजलाई न्यूनिकरण गरि व्याज २ प्रतिशतमा हुने गरि पुर्नकर्जाको व्यवस्था मिलाउन र उक्त ऋण २ वर्ष भित्र तिर्नुपर्ने व्यवस्था मिलाइदिन माग गरे । साथै सरकारले कृषि क्षेत्रमा ५ प्रतिशत व्याजमा ऋण लगानी सहुलियको व्यवस्था गरेको जस्तै पर्यटन क्षेत्रमा पनि सहुलियको व्यवस्था गरिदिनुहुन अनुरोध गरे । त्यसैगरि अहिलेको समयलाई सदुपयोग गरी पदयात्रा तथा पर्वतारोहणका मजदुर तथा सहयोगीहरुलाई रोजगारी सिर्जन गर्न ट्रेकिंग ट्रेल ममर्त तथा साइनेज व्यवस्थापन र विभिन्न हिमालहरुको सरफाई गर्न सकिने सुझाव दिए । टानका अध्यक्ष सुवेदीज्यूले नेपाल पर्यटन बोर्डमा रहेको टिम्स अन्तर्गतको संयुक्त कोष र मजदुर कल्याणकारी कोषको प्रभावकारी व्यवस्थापन गर्नुपर्ने बताए । यसै सन्दर्भमा पर्यटन बोर्डको नेतृत्वमा पर्यटन क्षेत्रका सम्पूर्ण मजदुरहरुका हितको लागि राहत कोषको पनि व्यवस्था मिलाइदिन आनुरोध गरे ।
पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मी, हानका अध्यक्ष सृजना राणा, एन.एम.एका अध्यक्ष सन्तबिर लामा, नाट्टाका अध्यक्ष अचुत गुरागांइ र पाटा नेपालमा अध्यक्ष विभुती चंद ठाकुरको उपस्थिती रहेको थियो ।

LEAVE A REPLY