लकडाउन प्रभाव:सिगासमा परम्परागत प्रविधिमैत्री सिप सिक्दै युवाहरु (फोटो फिचर)

टेक सिंह धामी/बैतडी

सरकारले देश लकडाउन गरेपश्चात गाउँ सहर बजारमा शुन्यता छाए संगै जनताहरुमा त्रास सृजना भएको छ। विश्वब्यापी महामारी को रुपमा फैलिरहेको नोबल कोरोना भाइरसका कारणले गरिएको लकडाउन को प्रभाव समग्र देश र देशबासीहरुमा परिरहेका बेला सुदुरपश्चिम बैतडी को सिगास गाउँपालिका ९ का युवाहरु भने लकडाउनको समयमा परम्परागत प्रविधिमैत्री सिप सिकिरहेका छन्। परम्परागत ,डोको,डालो,थालिभाड,सुपो,कुरु, मट्टो जस्ता सामाग्री स्थानीय स्रोतसाधन (चोया,निङ्गालो)को सदुपयोग गरि समय बिताउने र जिविकोपार्जन गर्दे आएका छन्। लकडाउन का बेला समय कटाउन समेत मुश्किल हुने र समयको सदुपयोग गर्नकै लागि पनि धेरै जसो युवाहरु यसप्रकारको कार्य गर्दै आइरहेका छन्। घरमै बसेर आफ्ना बाउ बाजेले गर्दै आएका परमपरागत सिप कला लाइ आत्मसात गर्नु उनिहरुको पेशा बनेको छ। अग्रजहरुले सिप सिकाइदिने र पारिवारिक वातावरण मा समय ब्यतित गर्दा पारिवारिक सम्बन्ध पनि बलियो भएको यहाका युवाहरु बताउँछन्। बुढापाका वाट सिप सिकेर गाउघर मा अधिकांश युवाहरु ले राम्रो आम्दानी पनि गरिरहेका थिए । यस अघिपनि आफुले निर्माण गरेका डोको ,डालो, थालिभाड, सुपो ,कुरु, लगायतका सामाग्री हरु उत्पादन गरेर स्थानीय को स्तर र छिमेकी जिल्ला हरु बझाङ,डोटि , डडेलधुरा मा समेत खरिद बिक्री गर्दै आएको युवाहरु बताउँछन्। युवाहरुले लकडाउन लाइ उपलब्धिमुलक रचनात्मक बनाइरहेको जिकिर गरेका छन्। परम्परागत प्रविधिमैत्री सिप कला संस्कृति मा युवाहरु को चासो रहेकोमा स्थानीय सरकार ले सकरात्मक धारणा व्यक्त गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here