‘लकडाउन’ को पालना गरौं, कोरोनाबाट बचौं : विनोद गुरुङ

विश्वमा महामारीको रुपमा फैलदै गएको कोरोना भाइरस (कोभिड –१९) नेपालमा पनि ९ जनामा देखा परिसकेको छ । यसको रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको सिफारिस अनुसार सोमबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउनको अवधि ८ दिन थप गर्ने निर्णय गरेको हो। सरकारले चैत ११ गतेदेखि लकडाउन गरेको छ। पहिलो चरणमा सरकारले एकसाताका लागि अर्थात चैत १८ गतेसम्म लकडाउन घोषणा गरेको थियो। त्यस्तै सरकारले दोस्रो चरणमा थप एकसाताका लागि चैत २५ गतेसम्म लकडाउनको अवधि थप गरेको हो।

सरकारको यो निणर्यले देश ठप्प छ । स्वास्थ्य भन्दा काम ठुलो होइन भनेर सबै पक्षबाट यो कदमको पालना भइरहेको छ ।मनाङका व्यवसायी तथा समाजसेवी विनोद गुरुङ पनि सरकारको लकडाउन कदम स्वागतयोग्य भएको बताउँछन् । गुरुङले लकडाउन नियम आफूले पालना गरिरहेको बताउँदै सबैलाई कोरोनाबाट बच्न सरकारले बनाएको नियम पालना गर्न समेत सुझाएका छन् । उनी भन्छन्  ‘विश्वभरीनै कोरोना भाइरसले आतंक मच्चाएको छ । यो अवस्थामा सरकारले गरेको लकडाउन पूर्ण रुपमले पालना गर्नुपर्ने मेरो धारणा छ । यो आफ्नै लागि हो । अहिलेको समय घरमा बस्नु, बाहिर ननिस्किनु भनेको सुरक्षित हुनु पनि हो । सावधानी कोरोनाबाट जोगिने सबैभन्दा राम्रो उपाय हो । ‘

साथै, देश लकडाउनमा रहेका बेला दुर्गम जिल्ला मनाङमा औषधि अभाव बढेको छ।
यतिबेला मनाङको सदरमुकाम चामेलगायत माथिल्लो मनाङ, नार्पाभूमि लगायत जिल्लाको स्थानीय तहहरुमा नै औषधिको अभाव छ। औषधिको अभाव र कोभिड १९ को संक्रमणको मापनका लागि थर्मल गनसमेत नहुँदा समस्या परेकोले समस्या समाधान गर्न उनले नेपाली कांग्रेसका नेता तथा सांसद कर्मा घलेलाई अपिल गरेका छन् । र, चाडैँ समस्याको समाधान हुनेमा उनी ढुक्क रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here