दुई घण्टा पनि नटिकेको सरकारको त्यो कच्चा निर्णय

के मन्त्रीहरुको निर्णय बच्चाको भाँडाकुटी खेल हो ? एक घण्टा अघि एउटा निर्णय गर्ने घण्टा नबित्दै निर्णय उल्टाउने ।बिहीबार दिउँसो विभिन्न सञ्चारमाध्यममा समाचार सार्वजानिक भयो सरकारले लक डाउनका कारण काठमाडौंमा अलपत्र परेकाहरूलाई शुक्रबार र शनिबार घर जान दिने निर्णय गरेको छ। यो निर्णयमा एक घण्टा पनि अडिग हुन सकेन सरकार ।

तर,कोराना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको केही मन्त्रीहरूको अनौपचारिक बैठकले उक्त निर्णय गरेको थियो । काठमाडौं,ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी, यातायात व्यवस्था विभागका महानिर्देशक, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख र यातायात व्यवसायी महासंघका प्रतिनिधि सहभागी थिए बैठकमा ।त्यसको प्रक्रिया गृह मन्त्रालयले सरोकारवालाहरूसँग छलफल गरेर टुंगो लगाउने जानकारी पोखरेलको सचिवालयले नै दिएको थियो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको आधिकारिक फेसबुक पेजमा उच्चस्तरीय समितिले अलपत्र परेका नागरिकलाई काठमाडौं बाहिर जान दिने निर्णय भएको उल्लेख गरिएको छ ।

Image may contain: text
तर उक्त निर्णयमा यातायात व्यवसायीहरु सकरात्मक भएनन । प्रदेश सरकारहरुले विरोध गरेपछि संघीय सरकार आफ्नो निर्णयमा ब्याक भयो ।यातायात व्यवसायी,प्रदेशका मन्त्रीहरुदेखि स्थानीय तहहरूले चर्काे आलोचना गरेपछि सरकार आफनो निर्णयबाट ब्याक भएको छ ।

No photo description available.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here