नरभंक्षी चितुवा पर्यो खोरमा

 

टेक सिंह धामी
चितुबाबाट प्रभावित क्षेत्र बैतडीको मेलौली नगरपालिका ९मा आज चितुवा खोरमा परेको छ । चितुवाले उक्त क्षेत्रमा आतंक मच्चाए पछि सरोकारवाला निकायहरुले खोर निर्माण गर्न निर्णय गरेका थिए ।

सरकारोकारबालाहरुको निर्णय पश्चात निर्माण गरिएको खोरमा पहिलो पटक चितुवा परेको हो । डिभिजन वन कार्यालय बैतडीका बन अधिकृत केशव पराजुलीले चितुवा नियन्त्रणको यो पहिलो सफलता भएको बताए। अहिले सम्म नियन्त्रणका थुप्रै प्रयासहरु भए पनि यो नै पहिलो सफलता भएको उनले बताए । यस्तै खोरमा परेको चितुवाको बारेमा राष्टिय निकुञ्ज तथा बन्यजन्तु बिभागको टोलीलाई खबर गरिसकेको बन अधिकृत पराजुलीले बताए । रााष्टिय निकुञ्ज तथा बन्यजन्तु बिभागको टोली आएर खोरमा परेको चितुवा जिम्मा लिने उहाले उनले बताए ।

बैतडीको तल्लोस्वराड क्षेत्रमा चितुवाले आतंक मच्चाउदै आएको छ । चितुवाको आक्रमणबाट अहिलेसम्म २५ जनाले ज्यान गुमाएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here