रसुवागढी र तातोपानी नाका खोलिँदै, जनप्रतिनिधिको आपत्ति

चीनसँग जोडिएका तातोपानी र रसुवागढी नाका सञ्चालनमा ल्याउने सरकारको निर्णयमा जनप्रतिनिधिले आपत्ति जनाएका छन्। तातोपानी नाका खुलाउन सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाले अन्तराष्ट्रियस्तरको ‘हेल्प डेक्स’ राख्ने तयारी गरिरहेको छ। तर, रसुवाको गोसाइकुण्ड गाउँपालिका(२ का वडाध्यक्ष दावा डिण्डुप तामाङले जिल्ला प्रशासन कार्यालय, रसुवालाई पत्र काट्दै आपत्ति जनाएका हुन्।

सो पत्रसँगै कोरोनाका कारण बन्द भएको नेपालचीन व्यापारिक नाका सञ्चालनमा आउन अझै केही समय लाग्ने भएको छ । सरकारले गत शुक्रबारदेखि रसुवागढी र तातोपानी नाका सञ्चालनमा ल्याउने निर्णय गरेको थियो । शुक्रबार भन्सार विभागका महानिर्देशक सुमन दाहालले रसुवागढी र तातोपानी नाका खुला भएको जानकारी दिएका थिए ।

मुलुक संघीय पद्दतीको शासन व्यवस्थामा भएपनि सीमा नाका परराष्ट्र नीति अन्तर्गत पर्ने संवेदनशील विषय भएकोले निर्णय गर्ने अधिकार संघीय सरकारलाई रहेको संवैधानिक व्यवस्था छ । सरकारले गत बुधबार शुक्रबारदेखि नेपाल चीन प्रमुख व्यापारिक नाका खोल्ने निर्णय गरेको भएपनि स्थानीय स्तरमा देखिएका समस्याले नाका संचालनमा आउन सकेको छैन ।

समन्वय समितिको निर्णय पछि स्वास्थ्य र कृषि मन्त्रालयले तयार पारेको स्वास्थ्यसम्बन्धी मापदण्डमा रहेर अत्यावश्यक सामान आयात निर्यात सुचारु गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले भन्सारलाई अनुमति प्रदान गरेको थियो । कोरोनाका कारण चीनतर्फका रसुवागढी र तातोपानी दुवै नाका माघ १५ देखि औपचारिक रुपमा बन्द छन् । सरकारले यी दुवै नाका खोलेर अत्यावश्यक सामान नेपाल ल्याएर सर्वसुलभ बनाउने लक्ष्य लिएको छ ।

LEAVE A REPLY