आजको दिनलाई ‘मूर्ख दिवस’ ‘अप्रिल फूल’का रुपमा मनाउने

अप्रिल महिनाको १ तारिखलाई मूर्ख दिवसका रूपमा मनाउने प्रचलन हिजोआज संसारभर उत्तिकै र उस्तै पाइन्छ । यो दिन सबैजना एकअर्कासँग ‘जोक’ गर्छन्, यो केबल हास्न र हसाउनका लागि मात्र हुन्छ । यो दिन मानिस अएअर्कालाई मूर्ख बनाएर हास्ने गर्छन्, तर खास कुरा के छ भने अन्य दिनजस्तो यो दिन मूर्ख बनिने व्यक्ति रिसाउँदैनन् ।

संसारमा कहीँ पनि यो दिन सार्वजनिक बिदा दिइँदैन, तर मानिस आपसमा हासेर र हसाएरै यो दिन मनाउँछन् । परम्परागत रूपमा न्युजिल्यान्ड, बेलायत, अस्ट्रेलिया, दक्षिण अफ्रिकामा यस्तो मूर्ख बनाउने काम मध्याह्नसम्म मात्र गरिन्छ ।

अप्रिल फूल खासगरी क्यानडा, न्युजिल्याण्ड, वेलायत, अष्ट्रेलिया, इटाली लगायतका मुलुकमा मनाउने प्रचलन छ । पछिल्ला वर्षहरुमा आयातीत संस्कृतिका रुपमा नेपाली युवा पुस्तामारु अप्रील फूल मनाउने चलन लोकप्रिय हुंदै गएको छ ।

सन् १५८२ मा फ्रान्समा मार्च २५ देखि अप्रिल एक तारिख सम्मको समयावधिलाई नयाँ वर्ष सप्ताहको रुपमा उल्लेख गरिएको जुलियन क्यालेन्डरलाई विस्थापित गरेर जनवरी एकलाई नयाँ वर्ष मान्ने गरी ग्रेगरिएन क्यालेन्डर प्रचलनमा आएपछि अप्रिलको पहिलो दिनलाई मुर्ख दिवसको रुपमा मनाउन थालिएको हो ।

अप्रिलको सट्टा जनवरीको पहिलो दिन नयाँ वर्ष मनाउन शुरु भैसक्दा समेत जुलियन क्यालेन्डर स्वीकार गर्नेहरुले अप्रिलको पहिलो दिनलाई नै नयाँ वर्ष मनाउन थालेपछि ग्रेगरियनहरुले उनीहरुलाई परम्परावादी भनेर जिस्क्याउन थालेको र यसैबाट मूर्ख दिवस शुरु भएको भनाई छ ।

विशेषगरी बालबालिका र युवा पुस्तालाई यो दिवसले विशेष लोभ्याउने गरेको छ । नेपालमा पनि पछिल्ला वर्षहरुमा अप्रिल फूल मनाउँदै आइएको छ ।

LEAVE A REPLY