कांग्रेस सहमहामन्त्री महतद्वारा भारत गएका नेपालीबारे परराष्ट्रमन्त्रीको ध्यानाकर्षण

नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले भारतको नयाँ दिल्लीमा सम्पन्न मुस्लिम धर्मावलम्बीहरुको कार्यक्रममा सहभागी नेपालीका बारेमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग जिज्ञासा राखेका छन् । भारतमा मुस्लिम धर्मको एउटा कार्यक्रम ‘सेक्ट तबलिगी जमात ’को भेलामा २० जना नेपालीहरु सहभागी भएको स्मरण गर्दै उनीहरु स्वदेश फर्केरनफर्केको विषयमा परराष्ट्र मन्त्री प्रदिप ज्ञावलीको ध्यानाकर्षण गराएका हुन् ।

नेपाली कांग्रेसका सहमहामन्त्री महतले मुस्लिम धर्मको उक्त कार्यक्रममा को को नेपाली सहभागी थिए ? उनीहरु अहिले भारतमा छन या नेपाल फर्किसके भनेर सरकार सँग केही जानकारी छ या छैन भनेर परराष्ट्र मन्त्री ज्ञावालीलाई प्रश्न गरेका थिए। पुर्व परराष्ट्र मन्त्री महतको प्रश्नको जवाफमा परराष्ट्र मन्त्री ज्ञावालीले १२ बजे भित्र जानकारी गराउने बताएको डाक्टर महतका सहयोगि शाहले बताए। कांग्रेस सहमहामन्त्री डाक्टर महतले मन्त्री ज्ञावाली सँग फोन संवाद गरे लगत्तै आफ्नो सामाजिक संजाल मार्फत पनि सरकारलाई उक्त घटनाको ध्यानाकर्षण गराएका छन। उनले मुस्लिम धर्मको उक्त कार्यक्रममा सहभागी नेपालीहरु नेपाल फ़र्किसकेको भए ती नेपालीहरुलाई क्वारेन्टाइनमा राख्नुपर्ने या नेपाल फर्किदै छन भने सिमाबाटै उनीहरुलाई अलग बनाएर क्वारेन्टाइनमा राख्न माग समेत गरेका छन।

LEAVE A REPLY