प्याकेजमा राहत घोषणा,कालोबजारी नियन्त्रण गर्न सरकारलाई काङ्ग्रेसका युवा नेताको सुझाव

नेपाली काङ्ग्रेस कंचनपुरका युवा नेता तथा महासमिति सदस्य नबराज जोशिले सरकारले गरिबहरुलाई दिने भनेको रहात दुरुपयोग हुनसक्ने भन्दै एक्मुस्ट प्याकेजमा दिन र यो संकटका बेला बजार मा कालोबजारी मौलाउन सक्ने भन्दै कालोबजारी नियन्त्रण गर्न अनुरोध गरेका छन।
जोशीले आफ्नो सामाजिक सन्जाल फेसबुक मा पोस्ट गर्दै भनेका छन “कोरना भाईरस संक्रमण लाई रोकथामका लागि सरकारले २५ गतेसम्म लकडाउन गरेका छन यसबिचमा दैनिक ज्यालादारी गरेर हातमुख जोर्नेलाइ वास्तवमा दैनिक छाकटार्न समस्या छ नै अहिले केन्द्र सरकारले स्थानीय सरकारलाई ति बर्ग वा समुदायको पहिचान गरि राहत प्याकेज वितरण का लागि आह्वान गरेको छ स्थानीय सरकारले गरिबीको रेखामुनि रहेका जनता को पहिचान गरि चाडोभन्दा चाडो राहत बितरण होस नकि राहतको नाममा कमिसनका लागि म्यादल सिद्विएका सामान बितरण नहोस यसमा पनि सबै ले सचेत हुनु जरुरी छ।”
अहिले बजार मा अत्यावश्यक सामान को माग बढेकोले व्यापारी हरु मौका को फाइदा उठाइ रहेका र म्याद नाघेका सामान बेचिरहेका र राहात मा आउने सामान पनि म्याद नाघेका सामान आउन सक्ने भन्दै जोशी ले यसरी जनता को जीवन सङ्ग खेलबाड गर्न नदिन पनि सरकार लाई अनुरोध गरेका छन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here