स्याङ्जाली आमा

 

काठमाडौंमा बस्ने एउटा स्याङ्जालीले काेराेनाकाे डरले, क्वारेन्टाइनका लागि भनेर श्रीमती र छाेराछाेरीलाई गाउँ पठाएछ । आफू  काठमाडौंमै बसेछ ।

त्यसकाे १ हप्तापछि घर  आमालाई फाेन गरेछ ।

*****

ऊ – आमा ! ढाेउ अरेँ । क्यार्नुभछ ?
आमा – लउ भाग्गेमानी भएस् चिरञ्जीवी रहेस् ! क्यार्नी र बाबु ! ई तेरा छम्डाले ओहाेरै अजार पारे ! ठुस्स बस्नी फुर्सत् छैन ।

ऊ – पहिला त नातिनातिना घर राखेनस् भन्तेउ र नि ! के भओ ?
आमा- ए मेराे बा ! कइले कतना देउथाखेरि पाे देउताओ गाइजस्ता लाम्नीरच, भाे ! बाँदरका बथानभन्दा कम रइन्चन् ! याे कुनाँड ताे कुनाँ, ताे खेताड याे गराँ । धर्म, एउछिन् अडिन्नन् केरे घराँ ! कइले घुँडाे लेसारेर आम्चन्, कइले मुन्टाे जाेतेर आम्चन् !

ऊ – अनि बुहारी खाेइ त ?
आमा – भान्साँ गइछ । आएदेखि पकाैडा पकाम्चु भन्चे, बन्दा र आटाओ   राइँदालाे अरिछे । गाेडा पाँचेक दिन भओ, पकाैडा भन्दा अपुर्थाेक केही उसिन्न जानेकी रइन्च एल्ले ! स्वास्नी त मागेरै बिया अरेका अनेक्का हुन्ते, यस्ता लम्मरी(लभ म्यारिज) अरेर ल्याका केटी त तेति काम लाउनी नहुनि रचन् !

ऊ – हाे र ?
आमा – भाे के कुरा अर्नी ? ताे पकाैडा कि के जाति भन्ती । तेइ जाँठाे फुरेउला पकाम्नी त रच । फुरेउला उराल्नी र चउबिसै घन्टा माेबाइलाँ घाेउटिनीबाहेक अपुर्थाेक तेरी स्वास्निले सिन्काे भाँच्न जान्दिन रचे बाबै !

ऊ – खाली खेदाे खन्चेउ बुहारीकाे, केही त गतिलाे बाेल आमै !
आमा – नकरा जाेइटिङ्ग्रे खञ्चरी ! हल, चाहा भने ओहाेर मिठाे बनाम्चे । ताे चियामसला कि के हाल्दिरचे, दूध अल्लि बढी दिउराँ हाल्चे चियापत्ति खन्याम्चे अन्त्याँछि भउभउति उमाल्चे । अँसि, माने गिलासाँ भाेरी पारेर चिया खानुस् आमा भनेर दिन्चे, ए बा ! यति मिठाे चाहा त एई केटि आसी मुखाँ पराे !

ऊ – अनि अहिले कता छ त बुहारी ?
आमा – टिउटाे कि के जातियाँ भिडियो बनाम्चु भनेर कइले बारियाँ गअर नाचिछ, कइले अाउनाँ किचकन्नि हाँसेझैँ हाँसिछ, देख्निले नि बाेउलाइच भन्चन् कि बाबु !अल्लि ढाेटे छ, उति दाेर्दिन । तर दिमाखिलि छ हाेइ । यल्लाई बर्षदिनेक ह्याइँ राखेर सिकाम्नि हाे भने बुटाे बुटाे पात पात चालेर नि खान्ति,, बिच्छी हुन्ति !!

ऊ – ह्या, छाेड्देउ आमै ! आमाछाेराका बात अरम् के ! नातिहरू कस्ता मान्नुभओ त ?
आमा – ताे काठमान्नुआ बियानै कुखुराे बेल्कै कुखुराे ख्वाम्दाे रचस् बरा । हेर्दा राम्रा, भित्र भित्रै कुपुतुम्मा । सारइ कमजाेरि । लिस्नाे चढेर झरे भने सास फुलेर फ्याँ फ्याँ अरिहाल्नी, सारै बइराक भअरचन् ।

ह्याँ आसी लैनाभैँसीओ  दूध, कनिका परेओ घिउ, ठुलाखेतका मकैकाे सातू पेटाँ परेताे, पाँचै दिनाँ बउरिसके । ताे अनाहार नि कति सर्साम्दाे देखियाेछ ।

ऊ – सारै दुःख त दिएछैनन् कि आमै ?
आमा – भाे बाबु कुरा नअर !
अलि गतिला पन्नित बाेलार इन्का नउगरहे साेस्ती सान्ति नअर्दिनिहाे भने, कता गअर कसकाे खाेत्तिए फाेर्चन् कि भन्नी जउजगी भओ ! कुन दिन बङ्ङारा फुत्किनीअरि थप्पराम्चन् केरे अपुरले ।

कइले कमिलाका पाेलाँ ढुङ्गा हानेयाछन्, कइले गाेठाँ गअर बाेकाओ टाङमुनि छामेयाछन्, कइले बाटाइम्दै गअर कुकुरओ छाउराे काँधाँ बाेकेर ल्याम्चन् र घिउ काेचाम्चन् ! ए बा, भाे ! चार चउखन्ड जन्मियारचन् !

ऊ – अनि, भात खानुभओ? सन्चाे बिसन्चाे के छ ?
आमा – भात खाकाे उन्ताकै हाे, सन्चाे बिसन्चाे त के हुनी ? तेरा जिलाहर्काे पछि लाम्दै जिन्नकी जानिभओ !

भित्र बसम्, बाहिर ट्वाइँय पार्चन्, लउ कस्काे खप्पर फाेरे भनेर बाइर आम्चु । मिर्गले छड्के हानेझइँ उत्तिखेरै काँ पुउचन् पुउचन् । हिजाे दैलामुनियाँ घाँस काट्चु भनेर गइथिएँ, आटियाँ चडेर हिजै ब्यान पकाम्न हालेया काँचाकेरा फस$$$फस भार्सेले झइँ जतिभाकाे खा आ चन् । बाक्के र बिक्के अरेर साेहाेर्नकाे हैरान् ! उँधै पनि उहैँ पनि अर्नीहुन् कि भन्नाओ पिरलाे गाँठे!

ए बीरीन्दावनका सीरि किरिस्न भगुमान्का लिला ! चउरास् छ बाबू चउरास् छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here