क्वारेन्टाइन निर्माणमासमेत ठेकेदार सांसद मोहन आचार्यको राजनीति

गाउँपालिको बजेटमा माननीयले घरमै क्वारेन्टाइन निर्माण गरेसँगै विवाद उत्पन्न भएको छ । कोभिड १९ अर्थात कोराना भाइरसका लागि विश्व त्राहिमाम छ । नेपालमा समेत कोरनाको संक्रमितहरु बढ्दै गए पछि सरकारले हरेक स्थानीय तहमा क्वारेन्टाइन निर्माण गर्ने निर्णय गर्यो । जसअनुरुप रसुवा जिल्लाका ५ वटै गाउँपालिकामा क्वारेन्टाइन निर्माण गर्ने निर्णय भएको थियो गत ९ चैत्रमा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बसेको जिल्ला विपत व्यवस्थापन समितिको बैठकले ।सो समितिको निर्णयले गाउँपालिकाभित्र रहेको सामुदायिक भवन,स्वास्थ्य संस्था,विद्यालयहरुमा क्वारेन्टाइन निर्माण गर्ने निर्णय गरेको थियो ।

 

जस अनुसार,गाउँपालिकाको डाडागाँउ मावि र निलकण्ठ माविमा क्वारेन्टाइन निर्माण गर्न उचित हुने ठहर गरिएको । जसमध्ये डाडाँगाउँ माविमा क्वारेन्टाइन बन्यो तर प्रर्याप्त पूर्वाधार भएको जाइकाले निर्माण गरिदिएको निलकण्ठ माविमा क्वारेन्टाइन निर्माण गरीएपछि स्थानीयहरुले विरोध गरेको बाहनाबाजी गरेर विपत्र व्इवस्थापन समितिको निर्णय लत्याउदै निर्णयलाई लत्याउँदै सांसद मोहन आचार्यको निजी निवासमा । त्यो पनि मापदण्ड मिचेर । गाँउपालिका स्रोतका अनुसार दुई स्थानमा क्वारेन्टाइन निर्माणका लागि उत्तरगया गाउँपालिकाले १५ लाख रकम छुट्याएको थियो ।

Image may contain: text
यसरी गाउँपालिकाले छुट्टाएको १५ लाख रकम पाएसँगै सांसद मोहन आचार्यले उत्तरगया गापा लहरेपौवामा अवस्थित आफ्नौ नीजि निवासमा २१ वटा बेड राखेर क्वारेन्टाइन निर्माण गरेसँगै यो बिषय तिव्र आलोचना भएको छ । जिल्लाका राजनीतिक दलका नेता,समाजको अगुवाहरुले सरकारी बजेट दुरुपयोग गरी कांग्रेसी झण्डा मुनी क्वारेन्टाइन राख्नु निन्दयीय काम भएको अनेरास्ववियू केन्द्रिय सदस्य तथा जिल्ला युवा समिति रसुवाका अध्यक्ष सुरेश अधिकारीले जनाए ।

Image may contain: one or more people, people standing and outdoor

त्यहाँ निर्माण भएको क्वारेन्टाइनमा एउटै कोठामा आठ वडासम्म बेड राखिएको पाइएको छ । जबकी क्वारेन्टाइनको मापदण्ड अनुसार बेडहरुबीचको दुरी कम्तिमा तीन फिट पर हुनुपर्ने छ । यो बिषयमा प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीसँग  जिज्ञासा राख्दा उनले विपत व्यवस्थापन समितिको निर्णय अनुसार नै क्वारेन्टाइन निर्माण कार्यन्वयन गर्नुपर्नेनमा उत्तरगयाँ गाउँपालिकाको अध्यक्षले निर्णय परिवर्तन गरेर कुनै विशेष पक्षलाई फाइदा पुग्ने ढंगले क्वारेन्टाइन निर्माण गरिएसँगै विवाद शुरु भएको जनाउँदै आफूले अध्यक्ष उपेन्द्र लम्साललाई जिल्ला विपत व्यवस्थापन समितिको निर्णय अनुसार काम गर्ने निर्दैशन दिएको प्रतिक्रिया दिनुभयो ।

Image may contain: one or more people and people standing

LEAVE A REPLY