कोरोनाका शंकास्पद विरामीलाई उपचार नगर्ने ग्रान्डी र अल्काका मालिकहरुको उद्धघोष

मन्त्रालयले लियो एक्सन

एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टच्यूसन अफ नेपाल (अफिन)का बरिष्ठ उपमध्यक्ष एंव अल्का अस्पतालका प्रमुख कुमार थापाले एक अनलाइन लाई अन्तरवार्ता दिए अल्कामा कोरोना भाइरसको उपचार नगरिने ।

यही अभिव्यति दिए गाण्डी अस्पतालका प्रमुख चक्रराज पाण्डेले । उनले एक टेलिभिजन कार्यक्रममा कोरोना भाइरस शंकास्पद बिरामीलाई उपचार गर्न नचाहेको अभिव्यक्ति दिएका थिए।
यी दुबैको अभिव्यक्तिलाई लिएर स्वास्थ्य मन्त्रालयले एक्सन लिएको छ । मंगलवार स्वास्थ्य मन्त्रालयले यी दुबै अस्पताललाई स्पष्टीकरण सोधेको हो। मन्त्रालयले एक्सन पछि ग्रान्डीका पाण्डेले मंगलबार मन्त्रालयमा पुगेर लिखित स्पष्टीकरण दिएका छन्। पाण्डेले त्यहाँ पुगेर आफू सरकारले दिएको निर्देशन पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन , यद्यपि अल्का अस्पतालले भने मन्त्रालयमा स्पष्टीकरण पठाएको छैन।

3 COMMENTS

  1. रामकुमार राई अध्यक्ष,नेस्वहोमयु गण्डकी प्रदेश संगठन कमिटी कास्की नेपाल ।

    कोरोना भाईरसको संक्रमण बाट विश्व का मानिस हरु आतंकित भईरहेको अवस्थामा र त्यसको संक्रमण बाट कसरी बच्ने र बचाउन सकिन्छ भन्ने कुराको विषयलाई लिएर सर्वसाधारण देखि लिएर सरकार प्रमुख, उच्च निकाय का प्रमुख सबै लाई ठुलो चिन्ता र पीडा ले गाँजिरहेको बेलामा हाम्रो देशका विद्वान भनौदाहरु अझ स्वास्थ्य सेवा विभागका प्रमुखहरुले नै यस्ता गैर जिम्मेवारी किसिमको अभिव्यक्ति दिनुले सर्बसाधारण जनतालाई कस्तो असर पर्ला? वा मेरो दायित्व के हो भनेर किन नसोचेको होला। देश र जनतालाई समस्या परेको बेला सहयोग गर्न पर्ने बेलामा यस्ता खाले अभिव्यक्ति दिने जोसुकैलाई पनि कार्बाही गर्न पर्छ ।

  2. #मार्सीचामलाकोभात संस्कृती को नङ्गो स्वरुप देखियो

LEAVE A REPLY