बसन्त चौधरीले कोरोना कोषमा एक करोड सहयोग गर्ने घोषणा गरे

विश्वभर कोरोना भाइरसको कहर रहेको छ । नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमित देखिएका छैनन् । तर, सरकारले उच्च सतर्कता अपनाउन हरसम्भव प्रयास गरेको छ । कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारले बनाएको कोषमा वसन्त चौधरीले एक करोड सहयोग गर्ने भएका छन्।

उनले कोरोना कोषमा नर्भिक तथा बसन्त चौधरी फाउन्डेसन मार्फत एक करोड सहयोग गर्ने घोषणा गरेका हुन् । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले कोष स्थापना गर्ने निर्णय गरेको थियो। जसमा सरकारले ५० करोड राख्नेछ। अन्य संघ संस्थालाई पनि सहयोगका लागि आह्वान गरेको थियो।

संसारभर फैलिएको कोरोना भाइरसको संक्रमण रोक्न सरकारले पनि कदम चालेको छ। भारत र चीनसँगका नाका बन्द गरेको छ भने अन्तर्राष्ट्रिय उडान बन्द गरेको छ। त्यस्तै, लामो दूरीका यातायात साधन चलाउन रोक लगाएको छ। २५ जनाभन्दा बढी भेला हुन नपाइने निर्देशन जारी गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here