यिनै हुन वीरगन्जका ब्यापारीमा कोरोना भेटिएको अफवाह फैलाउने सांसद यादव

हिजो एउटा हल्ला भाइरल भयो सामाजिक सञ्जालमा,बीरगञ्जका व्यवसायी शिवकुमार रुंगटालाई कोरना संक्रमण भएको र उपचारका लागि पटना पुरयाइएको । यसरी सामाजिक सञ्जालमा अफवाह फैलाउने व्यक्ति सांसद प्रदीप यादव हुन । उनले फेसबुकमा लेखे,भारत, बिहार पटनाको पिएमसिएच अस्पतालमा भर्ती भएका वीरगन्जनिवासी ७६ वर्षीय शिवकुमार रंगटाको कोरोना (कोभिड–१९) पुष्टि भएको खबर छ । वीरगन्ज आदर्शनगरका शिवकुमार रंगटा खदान व्यवसायी हुन् ।’
उनको यही सूचनालाई आधार मानेर खबरकर्मीहरुले खबर लेखे । त्यो खबरले नेपालीहरुलाई आंतकित बनायो । त्यहाँका सिडिओ विष्णुकुमार कार्की र सहायक सिडिओ ललितकुमार बस्नेतले समेत हल्लाकै भरमा रुंगटामा संक्रमण देखिएको प्रतिक्रिया मात्रै दिएनन्, उनको परिवारका सदस्यलाई क्वारेन्टाइनमा राख्न घरमा सुरक्षाकर्मीसमेत पठाएका थिए ।
रुंगटालाई कोरोना पोजेटिभ देखिएको भनेर मिडियालाई प्रतिक्रिया दिएपछि सिंगो देश आतंकित बबन्न पुग्यो । खासमा व्यवसायी रुंगटालाई संक्रमण भएको आशंकामा परीक्षण मात्र गरिएको थियो । उनलाई संक्रमण नभएको रिपोर्ट अस्पतालले दिएलगतै यादवले स्टाटस मेटेका छन् । यसरी अफवाह फैलाउने सांसद र अधिकारीलाई कारबाही हुनुपर्ने कि नपर्ने ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here