बझाङमा मोटरसाइकल दुर्घटना एक जना को मृत्यु,२ घाइते

टेक सिंह 

सुदुरपश्चिम बझाङ छबिसपाथिभेरा ५ मा भएको मोटरसाइकल दुर्घटनामा परि एकजनाको ज्यान गएको छ भने दुईजना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा छबिसपाथिभेरा २ का विष्णु ऐडीकी श्रीमती उजलादेवी ऐडी रहेका छन् । उजलादेवीको उपचारका क्रममा जिल्ला अस्पताल सिमखेत ल्याउँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी नेत्र बोहराले जनाए ।

बिहीबार बिलुकी ५स्३० बजे भाँडेबजारबाट ब्यासी जाने क्रममा छबिसपाथिभेरा(५ खोलागाडामा चालक विष्णु ऐडीले चलाएको भे ९ प ६७८१ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो । सडकबाट २०० मिटर तल खसेको मोटरसाइकलमा चालक विष्णु ऐडी, उनकी श्रीमती उजलादेवी ऐडी र उनका एक छोरा सवार रहेको प्रहरी चौकी छबिसपाथिभेरा ले जनाएको छ।

दुर्घटनामा परी चालक विष्णु ऐडीको टाउकोमा गम्भीर चोट लाग्नुका साथै एउटा हात भाँचिएको जिल्ला अस्पतालका प्रमुख डाक्टर सन्दीप ओखेडाले जानकारी दिए । उनका छोरा भने सकुशल रहेको प्रहरी चौकी छबिसपाथिभेराका असइ धामीले बताए

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here