त्रिवि विमानस्थलको ५३ रोपनी जग्गामा दिपक मलहोत्रा र मोहन आचार्यको रजाँई ६ करोड भाडा तिर्ने आनाकानी

जसरी पर्यटन मन्त्रालय यति समूहले चलाउँछ । ठीक उसै गरी अर्को बद्नाम व्यापारीले नेपाल नागरिक उड्डयन प्राधिकरण चलाउँदै आएका छन् । प्राधिकरण र टिआइए अर्थात त्रिभुवन अन्तर्राष्ट्यि विमानस्थलदेखि अध्यागमन विभागसम्मको हाकिम बनाउने र फाल्ने माहिर खेलाडी हुन्, दीपक मलहोत्रा । अहिले यिनै मलहोत्राको व्यवसायिक पार्टनर बन्न आइपुगेका छन्, माहिर खेलाडी ठेकेदार मोहन आचार्य । जो रसुवाबाट निर्वाचित सांसद हुन् । उनले निर्वाचनको समयमा करोडौँ रकम खर्चेर सांसदमा जितेका थिए । जस्को निर्वाचन खर्च चाहिँ उनै मलहोत्रादेखि जगदम्बा कम्पनीहरुले बेहोरिदिएको थियो । अधिकांश ठूला ठेक्का पट्टा हत्याएर लामो समयसम्म काम पूरा नगर्ने बदनामी कमाएका ठेकेदार मध्यका एक हुन्, मोहन । उनै मोहनको नाम अहिले ३३ किलो सुन तस्करी प्रकरणका मुख्य योजनाकारमध्येका एक मलहोत्रासँग जोडिएको छ । जसरी चन्द्र ढकालहरुले कौडीको भाउमा चन्द्रागिरीको डाँडै हत्याएका छन् । मीनबहादुर गुरुङहरुले सार्वजानिक जग्गा जहाँ भेट्यो त्यही भाटभेटनी सुपरमार्केट ठडाएका छन् । टेकबहादुर गुरुङहरुले भृकुटीमण्डपको जग्गा कौडीको भाउमा ४० वर्षसम्मलाई आफ्नो बनाएका छन् । ठीक उसैगरी उनै मलहोत्राले सेटिङ मिलाएर त्रिभुवन अन्तर्राष्टिय विमानस्थलको जग्गा आफ्नो बनाएका छन् । कौडीको भाउमा । देशकै एक मात्र अन्तर्राष्ट्यि विमानस्थलको प्रवेशद्वारको दायाँ तर्फ एउटा भव्य महल उभ्याइएको छ, ५ तले । त्यही ठूलो पार्किङस्थल पनि देख्न सकिन्छ । त्यो जग्गाले चर्चको क्षेत्रफल ५३ रोपनी रहेको छ । हो सो जग्गाको कब्जा उनै मलहोत्राको पोल्टामा परेको छ । उनले मोहन आचार्यहरुलाई फस्ल्याङ फुस्लुङ पारेर त्यो जग्गा आफूले हात पार्न सफल भएका हुन् । अर्थात यस्को व्यवसायिक साझेदार बन्न आइपुगेका छन् उनै मलहोत्रा । खासमा यहाँको टेन्डर रसुवा केडी ज्वाइन्ट भेन्चर प्रा.लिले हात पारेको थियो । सोही जग्गा कौडीको भाउमा हत्याएका हुन् । त्यहाँ मापदण्ड मिचेर ५ तले महल ठडाइएको छ । त्यहाँका महाप्रबन्धक रतिशचन्द्र लाल सुमन रहँदा नै मोहनहरुले जो जग्गा हत्याउन सफल भएका हुन् । जस्को साक्षी बसेका छन्, मलहोत्रा चाहिँ । त्यतिखेर प्रधानमन्त्री थिए, माधवकुमार नेपाल । सादगी नेता भनेर चिनिने उनै नेपालको समयमा हो, चन्द्रागिरीलाई कौडीको भाउमा जग्गा दिने, टेकबहादुर गुरुङलाई भुकृटीमण्डपको जग्गा कौडीकै भाउमा ४० वर्षसम्म उपयोग गर्न दिने निर्णय भएको र त्यही समयमा हो त्रिभुवन अन्तर्राष्टिय विमानस्थलको प्रवेशद्वारमा रहेकै ५२ रोपनी जग्गा माहेन आचार्यलाई सुम्पिएको । त्यो पनि कौडीको भाउमा । ५३ रोपनी जग्गाको भाडा वार्षिक ७८ लाख मात्रै । अर्थात हिसाब गर्दा प्रतिरोपनी १२ हजार ५ सय रुपैयाँ मासिक । यद्यपि हालसम्म त्यहि कौडीको दामसमेत चुक्ता भएको छैन । यसको साझेदारका रुपमा मल्होत्रा, विमल पोद्दार र मोहन आचार्य रहेको भेटिएको छ । यहीबाट पनि प्रष्ट हुन्छ, मल्होत्राहरुले कसरी अकुत कमाएको सम्पत्ति विभिन्न ठाउँमा लगानी गरेका छन् भन्ने कुरा । दुगर्म रसुवामा जन्मिएको मोहन आचार्य आज चल्तापूर्जा ठेकेदार बनेका छन् । उनीमाथि मलहोत्राहरुले लुटको धन लगानी गरेको देखिँदै छ । विमल पोद्दार तिनै हुन जो ३३ किलो सुन तस्करी प्रकरणमा डामिएनन् मात्र उनी अहिले जेल चलान भएका छन् । उनले बयान नै दिएका थिए कि यस्को मुख्य नाइके नै मलहोत्रा नै हुन् भनेर तर शक्ति र सत्ताको आड पाएका मलहोत्रामाथि कस्ले कारबाही गर्ने रु

1 COMMENT

  1. यस्तो हावादारी न्युज पनि लेख्ने,पुर्वाग्रह क‍ो पनि सिमा हुन्छनी,मोहन अाचार्य कोहुन,र कस्ता हुन भन्ने कुरा बुअेर मात्र लेख्ने गरौ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here