डडेलधुरामा पासो लगाएर गाइको हत्या

टेक सिंह धामी – सुदुरपश्चिम को डडेल्धुरामा तारले पासो लगाएर आधा दर्जनभन्दा बढी गाईको हत्या गरिएको छ । जिल्लाको गन्यापधुरा गाउँपालिका–१ मा ग्याविन तारले पासो लगाएर गाईको हत्या गरिएको छ।

देउपाल सामुदायिक वनको गैरी भन्ने ठाउँमा करिब एक साता अगाडि सामूहिक रूपमा गाईको हत्या गरिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । घटनास्थलमा प्रहरीको टोली पुगेर अनुसन्धान सुरु गरेको छ ।

५ वटा गाई रुखमा झुन्डिएको अवस्थामा र १ गाईको बङ्गारा भेटिएको छ भने दुई ग्याविन तार खाली भेटिएका छन् ।

दुई वर्षभित्रका गाईहरु रहेको पशुसेवा प्राविधिकले जनाएका छन् । स्थानीयले जानकारी गराएपछि घटना सार्वजनिक भएको हो । गाई नेपालको राष्ट्रिय जनावर हो ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here