यसरी कायापलट हुँदैछ बरहथवा नगरपालिका

देवानन्द महतो नगर प्रमुख,बरहथवा नगरपालिका

हामी निर्वाचित भएर आएको दुई बर्ष व्यतित भइसक्यो । यो अवधिमा नगरपालिकामा सबै क्षेत्रहरुलाई समेटेर विकास निमार्णका काम अघि बढाइरहेका छौँ । विशेष गरी शिक्षा,स्वास्थ्य र सडकको विकास निर्माण र सुधारमा हाम्रो ध्यान केन्द्रीत छ । यस्तै हाम्रो समुदाय धर्मसँग पनि जोडिन्छ । अत्यन्त आस्था राख्दछौं हामी धर्ममा । सोही कारण यो बीचमा मठ,मन्दिरहरु निर्माण भएका छन् । विद्यालय भवनहरु बनेका छन् । प्रविधिक शिक्षा थपिएको छ । खेल मैदान निर्माण हुँदैछ । मधेश बिशेष गरेर सर्पका कारण पीडित छ । सोही कारण सर्पदंश केन्द्रहरु खोलिएको । गाउँ गाउँमा सडक सञ्जाल बिस्तार भएका छन् । निर्माण भएका सडकहरुमा ढलान गरिएको छ । अहिले नगरपालिकाभित्र ग्राविल नभएको वा नगरिएको सडकै भेटिदैंन् । झण्डै १५ किमी सडक कालोपत्रे हुँदैछ । निर्वाचन अघि जनतामाझ गरिएका बाचाहरु शयमा शतप्रतिशत पूरा गर्छु र कायापलट त गर्दिन्छु भन्न त सक्दिन् तर यहाँको बस्ती,विकास निर्माणका पूर्वाधार र स्थानीयबासीहरुको आवश्यकतालाई मध्यनजर गरी हामी प्रथामिकताका आधारमा योजना छनोट गरी अघि बढिरहेका छौं । बरहथवा नगरपालिकामा जनप्रतिनिधिहरुको कुरा गर्दा तत्कालिन माओवादीको तर्फबाट ९, ६ पूर्व एमाले र ४ नेपाली कांग्रेस,२ जनअधिकार फोरम, १ राजपा र १ स्वतन्त्र जितेका छौं । विकास निर्माणका काममा सबैको एक स्वर छ । अहिलेसम्म अल्पमत र बहुमतको सामाना गर्न परेको छैन् । हामी हातेमाले गरेर बरहथवा नगरपालिकालाई देशका अन्य नगरपालिकाभन्दा कमजोर नगरपालिका बनाउन दिने छैनौं ।


अन्य नगरपालिकाभन्दा पृथक बनाउन नसकिएला तर देशकै अन्य उदाहरणीय नगरपालिकाहरुजस्तै बनाउने प्रण गर्दछु् । यद्यपि विकास निर्माणका काममा होमिँदा धेरै चुनौति र अप्ठ्याराहरुसँग जुध्नुपर्दाे रहेछ ।
पहिलो कुरा त संघीयता हाम्रा लागि बिल्कुल नयाँ अभ्यास थियो । ६÷७ वटा गाविसहरु एक आपसमा गाभिए । यस अघि सबैको आफ्नै भूगोल,सांस्कृतिक पहिचान थियो । आफ्नो आफ्नो अलग अलग संस्कारमा बाँचेका थिए । ०७२ असोज १ गते नगरपालिका घोषणा गरियो । ०७४ असोज २ गते स्थानीय तहको निर्वाचन भयो । त्यो २ वर्ष भित्रमा व्यवस्थापन हुन बाँकी धेरै कामहरु थिए । मधेसमा बिभिन्न आन्दोलनहरुका कारणले प्राप्त भएको उपलब्धीहरु संस्थागत हुन सकेको थिएन् । त्यसमाथि नयाँ जनप्रतिनिधि अनि कर्मचारी पनि नयाँ । त्यसमाथि स्रोत र साधनका अभाव,कानुन छैन् । यी यावत अप्ठ्याराका बाबजुत पनि हामी काम गरिरहेका छौं । गत आर्थिक बर्षमा मात्र हामीले तीन करोड राजश्व उठाउन सफल भएका थियौं ।
(कुराकानीमा आधारित)

LEAVE A REPLY