टेक सिंह
बैतडि जिल्ला को सिगास गाउँपालिका अन्तर्गत वडा नं ९ मा करिब ३ बर्ष देखि सन्चालित फुलबारी कृषक समुह चौखाम ले (समुहका सदस्यहरु)स्थानीय कृषकहरु लाइ ३० क्विन्टल अदुवा को बिउ बितरण गरेको छ।
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत कृषि ज्ञान केन्द्र बैतडी ले सन्चालन गरेको कृषि आधुनिकिकरण परियोजना यहाका कृषकहरू र यहाको भौगोलिक अवस्थिति लाइ अध्यन गरि जिल्ला कृषि ज्ञान केन्द्र ले अदुवा खेती पोकेट कार्यक्रम सिगास ९ फुलबारी कृषक समूह लाइ जिम्मा दिएको थियो। जसमा अदुवा खेती का लागि आज ३० क्विन्टल अदुवा बिउ बितरण गरेको समुहका संयोजक जनक सिंह धामी ले जानकारी दिनुभयो।
कृषि ज्ञान केन्द्र ले यहाका कृषकहरू बिशेष गरि दलित ,महिला ,गरिव को जिविकोपार्जन र जिवनस्तर सुधार का साथै कृषि क्षेत्रमा आधुनिकिकरण मा टेवा पुग्ने जिकिर गरेको छ।