गाउँ गाउँमा सिंहदरबार होइन् बालुवाटारकै अनुभुति हुने गरी काम गरिरहेका छौं

भरत कुमार थापा नगर प्रमुख,बागमती नगरपालिका

अधिकांश स्थानीय तहहरुमा लफडामा फसेको देखिन्छ आन्तरिक किचलो र विवादका दलदलमा । त्यही कारण धेरैजसो स्थानीय तहको सेवाप्रवाह प्रभावित हुने गरेको छ । तर जनप्रतिनिधि र पदाधिकारीबीच मेलमिलाप भए सेवाप्रवाह कसरी चुस्त बन्छ भन्ने एउटा उदाहरण हो सर्लाहीको बागमती नगरपालिका ।
नगरपालिकाका प्रमुख (मेयर) भरत कुमार थापाको निःस्वार्थ भावसहितको नेतृत्वले नगरपालिकामा पदाधिकारीको जिम्मेवारी बाँडफाँड र कार्यसञ्चालन पद्धति प्रभावकारी देखिएकै कारण स्थानीय तहको निर्वाचन भएको दुई वर्षमा नगरपालिकाले विकासको गति पक्रेको देख्न सकिन्छ । यी सबैको पछाडि कारक हुन मेयर भरत कुमार थापा । नगरप्रमुख थापाले सरकारबाट मिल्ने सेवासुविधा नलिने र भत्ता बापतको रकम अतिविपन्न दलित, असहाय, बालबालिकाको स्वास्थ्य र शिक्षामा खर्च गर्ने निर्णय गरेका छन् । निर्णयलाई उनले कार्यान्वयन गर्दै आएका छन् । सो नगरपालिकाका नगरप्रमुखदेखि अन्य पदाधिकारीले समेत बैठकभत्ता नलिने बरु सो रकम जनताको सेवामा खर्चदै आएका छन् । यो बीचमा के के काम भए ?

Image may contain: 1 person, smiling, tree, sky, grass, plant, outdoor and nature
हामीले उनै थापासँग जिज्ञासा राख्यौं,देखिनेगरी धेरै काम भएका छन् । थापाका शब्दमा यो बीचमा स–साना खुद्रे योजनाभन्दा ठूला योजनालाई प्राथमिकतामा राखेर सोही अनुरुप विकास निर्माणको काम भइरहेको छ ।
संघीयता हाम्रो लागि नयाँ अभ्यास हो । निर्वाचित भइसके पछि हामीसँग स्रोत साधन केही थिएन् । जिरोबाट हामीले कामको प्रारम्भ गरेका हौं । यो बीचमा बागमती नगरस्तरीय गौरवका कामहरु पनि सम्पन्न भएका छन् । ५० किमी बाटो पिच गर्न सफल भएका छौं । एक सय बिगाहाभन्दा माथिको ताल निर्माण गरेका छौं । यस्तै ५ बिगाहामा फन पार्क निर्माण गरेका छौं । शिक्षाको क्षेत्रमा धेरै परिवर्तनकारी कामहरु सम्पन्न गरेका छौं । समग्रमा भन्नुपर्दा बागमती नगरपालिकाले सबै क्षेत्रमा उल्लेख्य सुधारको काम सम्पन्न गरेको छ । संघीय सरकारले विद्यालय शिक्षा घोषणा गर्ने देशभर नै अभियान चलाएको अबस्था छ । बागमती नगरपालिकाले पनि कसरी गुणस्तरीय शिक्षा दिन सकिन्छ भन्नेमै केन्द्रीत रहेर काम गरिरहेको छ । कुनै पनि बालबालिका शिक्षाको उज्यालो घामबाट बञ्चित हुन नपरोस भन्नेमा केन्द्रित रहेर योजना बनाएका छौं र सोही अनुरुप काम गरिरहेका छौं । शिक्षामात्र पाएर हुँदैन् । कसरी गुणस्तरीय शिक्षा दिन सकिन्छ भन्नेमा हाम्रो ध्यान केन्द्रीत छ । हामी निर्वाचित भएर आउँदा नगरपालिकाभित्र रहेका २० वटा सरकारी विद्यालयमा २५ सय हाराहारी विद्यार्थी रहेकोमा अहिले तीन गुणा भन्दा बढी विद्यार्थी विद्यालयमा पुगेका छन् । अर्थात यो संख्या झण्डै सात हजार आठ सय हाराहारी छ । यही नयाँ शैक्षिक सत्रबाट थप दश हजार विद्यार्थी थपिनेमा आशावादी छु । हामीले विद्यालय बाहिर कति विद्यार्थी रहेछन् भन्ने बिषयमा तथ्यांक संकलन गरेर किन र के कारणले ती बालबालिका विद्यालय आउन नसकेका हुन खोजी गरिरहेका छौं । यसरी विद्यालय नआएका विद्यार्थीहरुलाई खोजेर विद्यालयसम्म ल्याउने र शिक्षाको पारिलो घामबाट कोही पनि बञ्चित नहुन भनेर अभियानै चलाइरहेका छौं । शिक्षामा सुधार गर्न नगरपालिकाले सामुदायिक विद्यालयमा मोन्टेसोरी कक्षा र अंग्रेजी माध्यममा पढाउने नीति लिएको छौं । यद्यपि बिकास र निर्माणका काममा होमिँदा अनेक अड्चन र बाधा व्यवधानहरु अघि आएर उभिन्छन् । त्यसको सामाना गर्नुको विकल्प छैन् । त्यस्तो सामना नै गर्नुपर्ने त छैन । तर पनि हिजो एउटा संस्कार परम्मपरागत थियो तर आज नया ढङगबाट काम गर्दा सान तिना अवरोध त आउछन् । हामी छलफल वार्ताकै माध्यबाट सामाधान खोज्छौं ।

अहिले स्थानीय तह अनेक उल्झन र लफडामा फसेको सुनिन्छ वा देखिन्छ पनि तर उदाहरणीय र विकासप्रेमी जनप्रतिनिधिको साथ पाएर बाग्मती नगरपालिकाले विकासमा बेग्लै गति लिएको छ । जनताले गाउँमा गाउँमा सिंहदरबारको मात्र होइन् बालुवाटार नै पुगेको अनुभुति गरिरहेका छन् भन्छन् मेयर थापा । जनप्रतिनिधिबीचको मेल र कर्मचारीहरुसँगको सहकार्यकै कारण यही आर्थिक बर्षको आठ महिना पूरा नहुँदै ८० प्रतिशत माथिका लक्ष्य पूरा भइसकेको मेयर थापाले सुनाए ।

2 COMMENTS

  1. Proud of u, really u have done very good work in ur area,almost all roads are blacktopped in ur time,I have seen development in ur area with own eyes

  2. Duniya lai luteko sampati xa ani kina talab chayiyo ra ani arko kura talab garib lai dini re 😂😂😂 tetro sukumbasi ko bichali banayera k talab badera khub thulo kaam garya jasto lagxa chor

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here