बुङगल सरस्वती माविको व्यवस्थापन समिति गठन कार्यक्रम सम्पन्न

टेक सिंह, चैत्र २ । बझाङको बुङ्गल नगरपालिका ४ विजगडा स्थित सरस्वति माध्यमिक विद्यालको व्यवस्थापन समितिमा गठन कार्य सम्पन्न भएको छ।
बि ब्य स मा सहमतिबाट गठन हुन नसकेपछि पार्टीगत प्यानल खडा गरि चुनाबि प्रकिया अनुसार गठन भएको थियो।जसमा नेपाली काँग्रेस निकट उमेरद्ववार विजय भएका छन् ।
शनिबार भएको निर्वाचनमा काँग्रेसका तर्फबाट झलक कार्की , प्रतीक्षा कुवँर, अक्कल धामी , निर्जला सिंह व्यवस्थापन समितिको सदस्यमा निर्वाचित भएका हुन् ।
नेपाल कम्युनिस्ट पार्टीको तर्फबाट नन्दु धामि, जनक कुवँर,मिना देवि कार्की,किडि देवि ठगुन्ना उमेरदवार रहेका थिए । कुल खसेको ४ सय ३७ मत मध्ये चुनाव चिन्ह झन्डाले २१६ मत प्राप्त गरि ८ मतले विजय हाँसिल गरेको थियो।

त्यस्तै विपक्ष गाई चुनाव चिन्हले २०८ मत प्राप्त गरेको छ । कुल खसेको मत मध्ये १३ मत बदर भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here