बैतडीमा चट्याङलागेर एक बालिकाको मृत्यु

टेक सिंह धामी,बैतडी । शनिबार चट्याङ लागेर एक बालिकाको ज्यान गएको छ ।
सुदुरपश्चिम बैतडी जिल्लाको शिवनाथ गाउपालिका २ का चन्द्र सिह मडैकी १२ वर्षीया छोरी न्याउली मडैको चट्याङ लागेर ज्यान गएको हो। जिल्ला प्रहरी कार्यालय बैतडीका डिएसपी डिल्ली नारायण पाण्डेयका अनुसार गोरु चराएर घर फर्किने क्रममा चट्याङ लागेर बालिकाको घटनास्थलमै ज्यान गएको हो । थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here