दुर्गम क्षेत्र सिगास बैतडि भित्रका सम्भावना र बर्तमान अवस्था

 

टेक सिंह धामी सुन्दर सुदुरपश्चिम बिबिध अनुपम बहुमुल्य प्राकृतिक पर्यटकीय स्थलहरू को संग्रह को स्थान सुदुरपश्चिम कै सुन्दर जिल्ला तथा सुदुरपश्चिम कै मुटु मानिने जिल्ला (बैतडि , ऐतिहासिक, धार्मिक, सास्कृतिक, पर्यटकीय, स्थलहरू लगायत यहाको भेषभुषा, चालचलन, रितिथिति, मुल्य मान्यता, संस्कृति र संस्कार, पर्व, सँगित( देउडा, फाग ,धुमारि चैत्य परम्परा, सोच दृष्टिकोण, जिवनशैली जस्ता विविध प्रकारका पक्षले संग्रहित बैतडि र बैतडी को विकासोन्मुख क्षेत्र सिगास गाउँपालिका मा प्राकृतिक पर्यटकीय श्रोत साधन को ब्यापकता देखिन्छ। बिकास को सम्भावना का दृष्टिकोण ले अत्यन्तै प्रवल सम्भावना बोकेको जिल्लामध्ये को एक महत्वपूर्ण जिल्ला बैतडी र स्थान हो सिगास ।

बैतडी जिल्लालाई पन्चायत व्यवस्थाको समयकालमा पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द को पालामा (समयकालमा)सुगम जिल्ला घोषित गरिएको थियो। भारत सँग को खुल्ला सिमाना बैतडी/झुलाघाट र केहि सिमित क्षेत्र(बैतडीको सदरमुकाम क्षेत्र को) सिमित बिकास का कारण यस जिल्लालाई सुगम जिल्ला घोषित गरिएपनि यस जिल्लाका नागरिक हरु ले सुगमत्व को आभास पनि नगरेको बिचार ब्यक्त गरेका छन।

बिडम्बना बैतडी जिल्लामा यस्ता थुप्रै क्षेत्र हरु छन जहा जनस्तर एकदमै न्यून,सामान्य, दर्दनाक, रहेको छ ति मध्येको एक गाउँपालिका हो सिगास गाउँपालिका
नेपाल संघीय लोकतान्त्रिक लोकतान्त्रिक लोकतान्त्रिक गणतन्त्रात्मक संरचना मा गए सँगै साविक च्वागड क्षेत्र लाइ सिगास गाउँपालिका को उपमा दिइयो, नामाकरण गरियो ।
‘गाउमै सिंहदरबार को सेवा प्रदान र साशन’को नारा लगाइयो। तर नारा नारा मै सिमित रहेको जनता का समस्या जस्ता का त्यस्तै सिगास जनसमुदाय को जिकिर छ।

सिगास :
सिगास गाउँपालिका मा जम्मा ९ वटा वडाहरु रहेका छन्। भौगोलिक अवस्थिति का हिसाबले यो गाउँपालिका को क्षेत्र एकदमै बृहत रहेको छ।
बि.स.२०६८सालको जनगणना अनुसार यस गाउँपालिका को कुल जनसंख्या करिब २३,६१० रहेको थियो।तर अहिले यो बढेर करिब करिब ३५०००पुगेको अनुमान गरिएको छ।यस गाउँपालिका को कुल क्षेत्रफल२४९.४४ बर्ग किलोमिटर रहेको छ।

बैतडी जिल्लाभित्रै पनि भौगोलिक, पर्यटकीय, धार्मिक, सास्कृतिक, ऐतिहासिक मुल्य मान्यता , प्रथा , परम्परा, चालचलन बोकेको क्षेत्र र प्राकृतिक सौन्दर्यता ले भरिपुर्ण, सुसज्जित, सुसम्पन्न गाउँपालिका अन्तर्गत पर्दछ। तरपनि यस क्षेत्रमा रहेका यि विविध पक्षहरू को केवल अन्वेषण तथा अध्ययन आज सम्म पनि हुन सकेको छैन।

यस गाउँपालिका भौगोलिकता बृहत बस्ती , छरिएर रहेका पहाडी भुभागमा बसोवास र कृषि क्षेत्र मा संलग्न जनसमुदाय को बाहुल्यता रहेको छ।
यहा का अधिकांश जनसमुदाय अशिक्षित रहेका छन्।
यहा बाह्मण, क्षेत्रि , ठकुरी, दलित समुदायको बाहुल्यता रहेको छ यहा का सम्पुर्ण जनसमुदाय ले हिन्दू धर्म र परम्परा मान्दछन्। सम्पुर्ण जनसमुदाय मा सहयोग,सद्भाव ,भातृत्व कायम गरि एकआपसमा मिलेर बसोबास गरिरहेका छन्। आधुनिकिता का नारा घन्किदै गर्दा आज सम्म पनि सिगास ले नत सुगमत्व पायो न त आधुनिकता मै अटाउन सक्यो ।

सुदुरपश्चिम बैतडीका दुर्गम स्थानिय तह मध्ये सिगास गाउँपालिका एक हो । सिगास गाउँपालिका का हरेक वडामा धेरै प्रकारका समस्या हरू जस्ता का त्यस्तै छन । गाउ गाउमा सिंह दरबार आएको तीन बर्ष पुग्नै लागेको छ । सरकारका तीन बर्ष पुग्दै लाग्दा समेत यहाका वडा का नागरिकहरू का अपेक्षा पन्छिदै गएका छन । चुनाव को बेला जननिर्वाचित प्रतिनिधि हरु ले दिएका आश्वासन गाउ गाउमा यत्र, तत्र, सर्वत्र ब्याप्त र चर्चा को बिषय बनेको छ । तर स्थानीय सरकारको कार्यकाल तीन बर्ष पुग्नै लाग्दा पनि जनप्रतिनिधि ले दिएका आश्वासन भने बिर्सिसकेको यहाका नागरिक को भनाइ छ।

सिगास गाउँपालिका बैतडी क्षेत्रकै बिकट भएकै कारण सिगास का ९ वटै वडाको बिकास र समृद्धि जनताको आधारभूत आवश्यकता का निम्ति जननिर्वाचित प्रतिनिधि ले चासो देखाउनु पर्ने र सरोकारवाला निकायले गाउँ क्षेत्र वडा र पालिका का नागरिक प्रति उत्तरदायी हुन यहाका नागरिक हरुको माग रहेको छ।

सिगास गाउँपालिका मा बजेट आएपनि बेलैमा बिधि र प्रक्रिया अनुसार काम गर्न नसक्दा बजेट फ्रिज हुने पाइएको छ यो कमजोरी प्रति पनि पालिका ध्यानाकर्षित होस जनताको भनाइ रहेको छ।

विकास को पुर्वाधारमा सडक सञ्जाललाइ प्रमुख मानिन्छ तर आजसम्म पनि सिगास गाउँ कार्यपालिका कार्यालय सम्म पनि सडक सन्जाल बिस्तार हुन सकेको छैन । सडक बिस्तार नहुँदा अन्य बिकास निर्माणका कार्यमा समेत प्रतक्ष्य प्रभाव,असर र समस्या हुने गरेको छ । बैतडी को दुदिलाखान गाजरी कुर्चिनेटा थालाकाँडा सडकखण्ड र देउलेक बझाङ(दोगाड गर्जे जोड्ने सडकखण्डर श्रीभावर (सिगास सडकखण्डरबाजपानि ढुङगाढ सडकखण्ड र सिगास बैतडी जोड्ने सडकखण्ड बर्षौ बित्दा पनि पालिका लाइ एक पनि सडक ले छुन सकेको छैन।

गाउँपालिका को सम्बृद्धिको लागि अर्को महत्वपूर्ण पक्ष शिक्षा हो । हरेक पालिका भित्र का बिधालय लाई सहि ढंगले चलाउने सहज वातावरण सिर्जना गरि गुणस्तरीय शिक्षा प्रदान गर्नु गाउँपालिका को प्रमुख जिम्मेवारी हुन्छ। सिगास गाउँपालिका ले हरेक सामुदायिक विधालय मा स्वयंसेवक शिक्षक को ब्यबस्था भनेर घोषणा गरेको छ तर बिडम्बना श्रम गरे अनुसार को तलब भत्ता घोषणा पत्र मा लेखे बमोजिम विभिन्न बिशेष भत्ता पोसाक भत्ता नपाएको बिभिन्न विधालय मा कार्यरत स्वयंसेवक शिक्षक को गुनासो छ । आफ्नो पालिका भित्र उच्च शिक्षा र प्राविधिक शिक्षा हासिलका लागि विधालय नभएको कारण धेरै सङ्घर्ष गरेर बिधार्थी आफ्नो गाउँपालिका बाट अन्यत्र जान बाध्य भएका छन् । सिगास गाउँपालिका भित्रै उच्च शिक्षा र प्राविधिक शिक्षालय को निर्माण आवश्यक रहेको गाउँपालिकाबासि जनता को माग छ ।

यहाका हरेक गाउँ मा स्वास्थ्य संस्थाको अबस्था पनि त्यतिकै नाजुक छ । कुनै स्वास्थ्य चौकी मा स्वास्थ्यकर्मी छैनन् त कुनै स्वास्थ्य चौकीमा औषधि समेत छैन । विकटताका कारण यहा कर्मचारी हरु पनि आउन नमान्ने प्रवृत्ति रहेको छ। बिडम्बना को‌ कुरा गर्भवती महिलालाई स्वास्थ्य चौकी बोकेर लाग्नुपर्ने स्थिति आएमा स्टेचर समेत छैन। ब्यथा लागेको समयमा कर्मचारी औषधि समेत नपाउदा कयौको ज्यान पनि जाने गरेको छ। यस्ता समस्या प्रायस् सबै वडामा छन । त्यसै हरेक वडाका नागरिक को स्वास्थ्य अवस्था लाई मध्यनजर गर्दै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरियोस।

निर्वाचन को समयकालमा हरेक पार्टी का हरेक नेताको घोषणापत्र मा गाउँपालिका एक बर्ष भित्र नै उज्यालोमय गाउपालिका बनाईने छ भनेर घोषणा गरेका थिए। हेर्दा हेर्दै स्थानीय सरकार का ३ बर्ष पुग्नै लाग्दा समेत बिधुत को कुनै सुईको समेत देखिँदैन । बिधुत बिस्तार हुदै गरेको ठाउँमा बिजुली का पोल नै भाँचिएको कतै बिधुतिय प्रयोजनका लागि ल्याइएका समान ब्यक्तिगत प्रयोग का लागि प्रयोग गरिएको त्यसमा पनि बिबाद हरेक नेताको आफ्नै दादागिरी रहेको समस्या ज्युका त्यु छ।

गाउँपालिका का हरेक गाउँ गाउँमा बिभिन्न किसिमका समस्या छन कुनै पनि क्षेत्रमा स्वच्छ शुद्ध पिउने पानी छैन,सिचाई का लागि नहर,कुलो छैन, खोला वारपार रआवतजावत गर्न पुल समेत छैन, हिडनलाई जोखिम मोलेर हिडनुपर्छ घोरेटो बाटो छैन ,कृषिमा आधुनिकिकरण एक नारा मै सिमित रहेको छ सुचना सञ्चार का माध्यम बाट कोशौ टाढा रहेको अबस्था छ।

जननिर्वाचित पदाधिकारीहरू समक्ष आफ्ना जिज्ञासा राख्दा सुनुवाई समेत हुदैन ।बिकास समृद्धि समाज निर्माण र परिवर्तन को पक्षमा बोल्दा, भन्दा नेताको, पार्टीको बिरोध गर्यो भन्दै अनेक किसिमको आरोप प्रत्यारोप गर्ने परिस्थिति रहेको छ।
समग्र सिगास को युवा समुह को हकमा एक प्रतिशत पनि काम भएको छैन नत खेलकुद र रोजगारमुलक कार्यक्रम नै उत्पादन भएका छन। सिगास बिकास का लागि पर्यटन , शिक्षा, स्वास्थ्य , खानेपानी, सन्चार ,सडक , खेलकुद , कृषि जस्ता बिबिध पक्ष लाइ प्राथमिकता मा राखेर काम गर्नुपर्ने यहाका युवा बर्ग को आग्रह रहेको छ।

अहिले सम्म का कार्यक्रम र योजना हेर्दा कार्यकर्ता मुखि भए भन्ने पनि ब्याप्त जनगुनासो आउन थालेको छ। बिकास का सन्दर्भमा सिगास गा पा को आफ्नै भवन निर्माण भएको छ र गा पा का काम हरु आफ्नै भवन मुनि सन्चालन मा ल्याएको छ। गा पा भित्र का सामुदायिक बिध्यालय हरु मा शिक्षक आपूर्ति र व्यवस्थापन पनि गरेको छ त्यसका साथै खेलकुद मैदान निर्माण कार्य गाजरि बैतडी सन्चालन मा ल्याएको र गाउँपालिका लागि सोलार सिस्टम बाट पानि ल्याउने योजना पनि अघि सारेको छ ।

सिगास गा पा ले बिधुत , शिक्षा ,र सडक लाइ बिशेष जोड दिएको पदाधिकारी हरुले बताएका छन्। तर आलोचना बाट भने मुक्त हुन सकेको छैन ‘ गाउ गाउ मा सिंहदरबार होइन अनियमितता भित्रिएको छ भन्नुहुन्छ यहाका अधिकांश जनसमुदाय’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here