रङ्ग रहित होलि ‘बोल्नया थलि धनगढी’

टेक सिंह धामी
धनगढीमा बोलन्या थलीले होलिको अवसरमा कोरोना भाइरसको संक्रमण सम्बन्धी घर घरैमा जनचेतना गराएको छ । ञरङ रहित – नमस्कार सहितझ भन्ने नाराका साथ कोरोना भाइरसको संक्रमण सम्बन्धी घर घरैमा जनचेतना गराएको हो । मङलबार निसर्ग हस्पिटलबाट अभियान सुरु गर्दै धनगढी उपमहानगरपालिकाका मेयर नृप वड,उपमेयर सुशीला मिश्रको घर सहित सर्वसाधारणका घरमा कोरोना बिरुद्ध जनचेतना गराउने पत्र र मास्क बितरण गरिएको बोलन्या थलीका संयोजक यादव जोशीले बताए ।

उक्त होलि कार्यक्रममा रंग,पानी,लोला बिना घरघरमा कोरोनाबाट कसरी बच्ने र अरुलाई पनि कोराना विरुद्ध जनचेतना गराउन अनुरोध गरिएको जोशीले बताए । बोलन्या थली धनगढीले कोरोना विरुद्ध गरेको जनचेतनामुलक कार्यक्रम साहनिय रहेको र बोलन्या थलीले गर्दै आएका सामाजिक कार्यक्रममा साथ र सहयोग गरिने निसर्ग हस्पिटलका निर्देशक कुबेर शाहीले बताए ।

त्यस्तै पश्चिम सेती जलविद्युत आयोजना निर्माणका लागि सरकारलाई दवाव दिन प्रधानमन्त्रीलाई एक लाख पत्र संकलन कार्यलाई समेत पत्र संकलन गरिएको नेत्र उपाध्यायले जानकारी दिए ।

बोलन्या थली धनगढीले पश्चिम सेती निर्माणका लागि दबाब दिन प्रधानमन्त्रीलाई एक लाख पत्र संकलन कार्यलाई निरन्तरता दिएको छ । भने बोलन्या थलीले पश्चिम सेतीका लागि माइतीघर मण्डलामा कचौरा जुलुस, सुदूरपश्चिमबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने १३ जना सांसदसँग छलफल र संगीत संघर्ष कार्यक्रम गरिसकेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here